'जंगे'ले रंगायो दरबार हाइ स्कुल । फोटो फिचर ।

[dropcap][/dropcap]यांकन सकिएको केहि दिनमै फिल्म ‘जंगे’ ले समाजिक काममा सक्रियता देखाएको छ । देशकै पहिलो स्कुल दरबार हाइ स्कुलका विभिन्न कक्षा कोठाहरुमा रंग रोगन गर्न फिल्म टोली अघि सरेको हो । यस अभियानका क्रममा स्कुलको करिब १६० बर्ष पुरानो जीर्ण कक्षाकोठाहरु पेन्टिङ गरिएको छ ।junge nepali movie14 junge nepali movie12 junge nepali movie11समाजिक संस्था चाइल्ड रिच नेपालसंगको सहाकार्यमा फिल्म टोलीले स्कुलमा पेन्टिङ गरेको हो । पेन्टिङ गर्न फिल्मका निर्माता, कलाकार तथा अन्य प्राविधिकहरु समेतको उपस्थिति रहेको थियो । अभिनेता सुरज सिहं ठकुरी, नायिका ऋचा शर्मा, शिखा शाही, नरेश पौडेल, जोयस पाण्डे, शशांक मैनाली लगायत फिल्मका अन्य सदस्यले रंग पोतेका हुन । केहि हदसम्म फिल्मको पब्लिसिटी पनि हुने भएकोले यो अभियान थालिएको फिल्मका मुख्य सहायक निर्देशक कसम नेपालले जानकारी दिए ।nepali movie junge2 junge nepali movie13त्यस्तै फिल्मको निर्माता सुसन प्रजापतिले भने यो स्कुल सम्पुर्ण शैक्षिक संस्थाकै कुलदेवता भएकोले यसको संरक्षण गर्नपर्छ भन्ने धारण आफुहरुको रहेको बताए । उनका अनुसार फिल्म जंगबहादुरकै कथामा बनेको र स्कुल पनि जंगबहादुर ले नै निर्माण गरेकोले यो अभियानमा लागिएको हो । यसबाट फिल्मको प्रमोशनमा पनि सहयोग भएमा आफुहरुको लागी गौरवको कुरा रहेको सुसनको भनाई छ । junge nepali movie10 junge nepali movie13फिल्मलाई आइटियज एण्ड इमेज प्रा ली र आभाना प्रोडक्सनको ब्यानरमा सिनेम्याटोग्राफरको रुपमा चर्चा कमाएका सुसन प्रजापतिले निर्माण गरेका हो । उत्कल थापाको निर्देशन रहेको फिल्ममा सुरज सिहं ठकुरी, नरेश पौड्याल, शशांक मैनाली, जोयस पाण्डे, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । हाल सम्पादनको तयारीमा रहेको फिल्म आउदो दशैपछाडि रिलिज गरिने बताइन्छ ।nepali movie junge5 nepali movie junge4 nepali movie junge3 nepali movie junge1 junge nepali movie9nepali movie junge7nepali movie junge

Namaste Filmy

Read Previous

‘१२ नेपाली एक चिहान’का निर्देशक अरुण प्रधानले संचारन्त्री मीनेन्द्र रिजाललाई ज्ञापनपत्र बुजाए

Read Next

हलिउड स्टारकी छोरी सडकमा नाङगै हिडेपछि ।