'जंगबहादुरको कोट'मा बिमलेश, सुचित्रा र सौभाङगी ।

[dropcap][/dropcap]डका एण्ड सन्स सिने इन्डस्ट्रिजको प्रस्तुतिमा विल्कुलै नयाँ फिल्म ‘जंगबहादुरको कोट’को निर्माण भइरहेको छ । हाल छयांकन चलिरहेको फिल्मको निर्देशन टिनएजर आशिष भेट्वालले गरिरहेका छन । १९ बर्षको कलिलो उमेरमा नै उनले फिल्म निर्देशनमा डेब्यु गरेका हुन । janga bahadurko kotफिल्मको अष्ट्रेलियामा सम्पुर्ण सुटिङ सकाइसकेको छ । अब नेपालमा पनि छिट्टै छयाँकन गरिने बताइएको छ । फिल्ममा बिमलेश अधिकारी, सुचित्रा आचार्य  र सौभाङगी कोइरालाको मुख्य भुमिका रहनेछ । त्यस्तै फिल्मका बाँकी छयांकनको क्रममा केहि बिशेष र महत्वपुर्ण भुमिका का लागी अनुभवी कलाकारहरु छनौट कार्य पनि भइरहेको छ ।
चलचित्रको निर्माण योगेन्द्र खड्का, जयन्द्र खड्का तथा देवी शिवाकोटीले मिलेर गरेका हुन् । ‘जंगबहादुरको कोट’ लाई बिदुर पाण्डेले खिचिईरहेका छन् ।

Namaste Filmy

Read Previous

हलिउड स्टारकी छोरी सडकमा नाङगै हिडेपछि ।

Read Next

डेनिश कलाकारसंग नेपालीहरुको 'लभ नम्बर' ।