डेनिश कलाकारसंग नेपालीहरुको 'लभ नम्बर' ।

[dropcap][/dropcap]सअघि ब्लकबष्टर फिल्महरु ‘सायद’ र ‘होस्टेल’ निर्माण गरिसकेका सफल निर्माता सुनिल रावल नयाँ फिल्म निर्माणमा जुटेका छन । रावलको प्रोडक्सन हाउस दुर्गिस फिल्मसको ब्यानरमा बन्न लागेको फिल्म ‘लभ नम्बर’  छयाँकनको लागी तयार   छ । Love number nepali movieडेनमार्कमा फिल्मको छायांकनको लागी अनुमती प्राप्त भएको निर्माण युनिटले बताएको छ । जुलाई २५ देखि अगस्त १० सम्म सिनेमाको छायांकन डेनमार्कका लिटिल मार्मोड, वाकिङ स्ट्रिट, नरेब्रो, हेलेन, रोदी घर, फेमिली डिस्को लगायतका स्थानमा हुनेछ । डेनमार्कमा छायांकनको व्यवस्थापन पूर्ण बन्धनले मिलाएका हुन् ।
फिल्म छायांकनका लागि निर्माता रावलसँगै नव नायक आयुष्मान जोशी, निर्देशक सुरज भुषाल र छायांकार शैलेन्द्रध्वज कार्की जुलाई २० मा डेनमार्क जानेछन । डेनमार्कको संकृती, लाइफ स्टाइललाई फिल्मले समेट्नेछ । डेनमार्कसँगै फिल्मको काठमण्डौ तथा बर्दियामा पनि छयांकन हुनेछ ।
फिल्ममा आयुष्मानको अतिरिक्त गौरव पहाडी, सुशिल श्रेष्ठ, मरिश्का खडका सँगै केहि विदेशी कलाकारहरुको पनि अभिनय रहनेछ ।

Namaste Filmy

Read Previous

'जंगबहादुरको कोट'मा बिमलेश, सुचित्रा र सौभाङगी ।

Read Next

अन्तत: डिभोर्स गर्दैछन करिश्मा र सञ्जय कपुर ।