चलचित्र ‘मुखौटा'ले धरानको कलेज, स्कुलहरुमा फुटबल, जर्सि र स्कुल व्यागहरु बाँड्यो (फोटो फिचर)

कृष्ण भुजेल ,धरान
चलचित्र ‘मुखौटा’को निर्माण यूनिट यतिबेला देशव्यापी चलचित्रको प्रचार प्रसारमा मा दौडिएको छ । ‘मुखौटा’ लेखिएको फुटबल र टिसर्ट बोकेर एक टोलि धरान आएको हो । सोमबार उनीहरुले धरान १२ चतरालाईस्थित सिटी कलेजमा पुगेर विद्यार्थीहरुलाई वल्र्डकपको अवसरमा फुटबल उपहार दिएका छन् ।

aa

कलेजका विद्यार्थीहरुसँग चलचित्र हेरिदिन अनुरोध गर्दै उनीहरुले नेपाली सिनेमालाई माया गर्न आग्रहसमेत गरे ।तेसै गरि धरानकै अर्को स्क्कुलमा पनि मुखौटा’ लेखिएको फुटबल र विद्यार्थीहरुलाई वल्र्डकपको अवसरमा फुटबल उपहार दिए । ‘मुखौटा’ टोलीले सोमबारै रेडक्रस सोसाईटीको भवनमा एक प्रेसमिट पनि गरेको थियो ।चलचित्रका कलाकारहरु सुनिल थापा, निशा अधिकारी, हर्षिका श्रेष्ठ,कोरियोग्राफर रेनाशा राई लगायतको टोलि चलचित्रको प्रचार प्रसार लागि देश दौडाहामा निस्केको हुन् ।

unnamed

आईतबार चलचित्र युनिटले हेटौडामा समेत कलेज, स्कुलहरुमा फुटबल, जर्सि र स्कुल व्यागहरु बाँड्ने कार्यक्रम गर्नुको साथै पत्रकार सम्मेलन गरेको थियो ।मंगलबार बिहान चितवनका विभिन्न कलेज, स्कुलहरुमा फुटबल, जर्सि र स्कुल व्यागहरु बाँड्ने कार्यक्रम रहेको चलचित्र युनिटले चितवनमा पनि दिउसो पत्रकार सम्मेलन गरेर बुटवल ,पोखरामा समेत यस्ता खाले कार्यक्रम गर्दै काठमाण्डौ फर्कने छ ।नेपालमा हिप्पीहरुको प्रवेश भएदेखि अहिलेसम्मका डनहरुको कथा रहेको ‘मुखौटा’ हेर्न आग्रह गर्दै निशाले भनिन् ‘यो माफिया डनहरुको कथा हो ।रविन श्रेष्ठको निर्माणमा तयार भएको सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

bbb

चलचित्र जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।यसअघि पनि राजधानीका विभिन्न कलेजहरुमा फिल्मको प्रचारप्रसार गरिएको थियो । त्यसो त फिल्म ‘मुखौटा’को यो पब्लिसिटीको तरिका बिल्कुलै फरक हो । यसरी फरक शैलीमा पब्लिसिटीमा जुटिरहेको फिल्मलाई दर्शकले कतिको रुचाउने हो थाहा पाउन जेठ ३० गते नै कुर्नुपर्नेछ । अर्पण थापा निर्देशित फिल्मले ग्याङस्टरको कथा बोकेको छ । रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा रविन श्रेष्ठ ले निर्माण गरेको फिल्ममा राजेश हमाल, सुनिल थापा, रविन तामाङ, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, प्रशान्त ताम्राकार, निशा अधिकारी र हर्षिका श्रेष्ठको अभिनय छ ।

अरु फोटोहरु पनि हेर्नुहोला

14513_782169925137284_8277371426135702973_n 1959297_782170048470605_3260451265931730517_n 10251901_782169648470645_7720941036424841461_n 10251955_782169691803974_184803800540328932_n 10372335_782169671803976_6342786254908018199_n 10372551_782169795137297_743778672790478347_n 10407012_782170101803933_7773683377092968312_n

Namaste Filmy

Read Previous

अन्तत: डिभोर्स गर्दैछन करिश्मा र सञ्जय कपुर ।

Read Next

फिल्मकर्मी लामालाई राखेप बाट नहटाउन सर्वोच्चको आदेश ।