अन्तत: डिभोर्स गर्दैछन करिश्मा र सञ्जय कपुर ।

[dropcap]के[/dropcap]हि समययता तनावमा रहेका बलिउड अभिनेत्री करिश्मा कपुर र उनका पति संजय कपुरले अन्तत सम्बन्धबिच्छेद गर्ने भएका छन । बांद्रास्थित एक फैमिली अदालतमा यी दुईले सम्बन्ध विच्छेदको लागी निवेदन दिएका छन । अब सम्पुर्ण कानुनी प्रक्रियाहरु पुरा भएपछि ६ महिना भित्रमा सम्बन्ध बिच्छेद हुने बताइएको छ । karisma-sanjay-650_060114033506उनीहरुले शनिबार बांद्रा फैमिली कोर्ट ६ घण्टा लामो छलफल पनि गरेको बताइन्छ । उक्त छलफलका पछि करिश्मा र संजय बीच आपसी सहमतिमै डिभोर्स गरिने निर्णय भएको हो । छलफलका क्रममा कोर्टका जज, करिना कपुर, सैफ अली खान लगायतको उपस्थिति रहेको थियो ।
करिश्मा र सञ्जय कपुरको  बच्चाहरुको बारेमा पनि अदालतले फैसला गरेको छ । उनीहरुका दुई बच्चाहरुलाई ज्वाइन्ट लिगल गार्जियनशीपको ब्यबस्था गरेको छ । यस ब्यवस्थाअनुसार बच्चाहरु करिश्माको साथमा रहने र सञ्जय बेलबेलामा भेट गर्न जानेछन । सन २००३ मा विवाह गरेका करिश्मा र सञ्जयको एक छोरा र एक छोरी रहेका छन ।

Namaste Filmy

Read Previous

डेनिश कलाकारसंग नेपालीहरुको 'लभ नम्बर' ।

Read Next

चलचित्र ‘मुखौटा'ले धरानको कलेज, स्कुलहरुमा फुटबल, जर्सि र स्कुल व्यागहरु बाँड्यो (फोटो फिचर)