फिल्मकर्मी लामालाई राखेप बाट नहटाउन सर्वोच्चको आदेश ।

[dropcap]फि[/dropcap]ल्मकर्मी युवराज लामालाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदबाट नहाटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । केहि दिनअघि सरकारले लामालाई राखेपको सदस्य सचिव पदबाट हटाएको थियो । तर तत्कालका लागी उक्त निर्णय कार्यन्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।Yuvaraj_lama लामालाई हटाउने सरकारी निर्णयबिरुद्ध परेको रिटमा सोमबार सार्वोच्चले यस्तो आदेश दिएको हो । सार्वोच्चको यस्तो आदेश आएपछि लामालाई सदस्यसचिवको भुमिकामा काम गर्न बाटो खुलेको छ ।
स्मरण रहोस केहि दिनपहिले नियुक्ति अवधि सकिएको भन्दै युवा तथा खेलकुमन्त्रि पुरुषोत्तम पौडेलले सदस्य सचिव लामासहित अन्य ५ जनालाई पदबाट हटाइएको थियो । सरकारको यस निर्णयप्रति बिरोध जनाउदै लामाले सर्वोच्चमा पुन बहालीको माग गर्दै रिट दायर गरेका थिए । सरकारले भने लामालाई हटाइएलगतै राखेप को सदस्य सचिवमा चुडामणि पौडेललाई सदस्यसचिवको कार्यभार दिएको थियो ।

Namaste Filmy

Read Previous

चलचित्र ‘मुखौटा'ले धरानको कलेज, स्कुलहरुमा फुटबल, जर्सि र स्कुल व्यागहरु बाँड्यो (फोटो फिचर)

Read Next

विरेन श्रेष्ठले फिल्म निर्देशन गर्दै ।महाराज थापाले संगीत दिने