विरेन श्रेष्ठले फिल्म निर्देशन गर्दै ।महाराज थापाले संगीत दिने

रबि अधिकारी

नायक तथा निर्माता विरेन श्रेष्ठले अब चलचित्र निर्देशन गर्ने भएका छन् ।यस अघि ‘मिस्टर मंगले” र ‘मनले मनलाई छुन्छ’ चलचित्र निर्माण गरेका नायक विरेन श्रेष्ठले उनको ब्यानरमा बन्न लागेको नया चलचित्रको निर्देशन आफैले गर्ने भएका छन् ।
biren shestha
किरण माइकल र विरेन श्रेष्ठको कथा रहने नया चलचित्रको नाम भने फाइनल भईनसके चलचित्रका निर्देशक विरेन श्रेष्ठले नमस्ते फिल्मीलाई जानकारी दिनुभयो ।अब बन्ने चलचित्रमा आफुले निर्देशन मात्रै गर्ने भएकोले विरेन चलचित्रमा कथाले मागेको जस्तो नायक राखने भन्दै कलाकारहरु सग छलफल भएको तर फाइनल नभएकोले सबै फाइनल भए पछि मात्रै नाम सार्बजनिक गर्ने बताए ।किरण माइकलको पटकथा ,सम्बद ,गीत रहने सो चलचित्रमा संगीतकारको रुपमा नेपालको चर्चित संगीत एरेन्जर महाराज थापाले पहिलो पटक संगीत दिने भएका छन् ।  सावनको १५ बाट फलोरमा जाने विरेन श्रेष्ठले निर्देशन गर्ने अन टाइटल चलचित्रको सुटिंग भने काठमाण्डौ आसपासमा हुनेछ ।

Namaste Filmy

Read Previous

फिल्मकर्मी लामालाई राखेप बाट नहटाउन सर्वोच्चको आदेश ।

Read Next

बलिउडका चर्चित र्‍यापर हनि सिहंको मृत्यु ??