बलिउडका चर्चित र्‍यापर हनि सिहंको मृत्यु ??

[dropcap][/dropcap]छिल्लो केहि दिन बी टाउनका चर्चित र्‍यापर हनि सिहंको मृत्युको खबरले सबैलाई आश्चर्यमा पारे । सोशल मिडियामा फैलिएको यस्तो हल्लाले सबैलाई एकपटक सोच्न बाध्य बनायो । सोशल मिडियामा एक हनि सिहंजस्तै युवक बेहोस भई अक्सिजन लिइरहेको तस्वीर भाइरल बनेपछि हनि सिहंको मृत्यको शंका हुनु स्वाभाविक थियो ।yo yo honey singhतस्वीरसंगै हनि को एक सडक दुर्घटनामा परि मृत्यु भएको समाचार पनि एकाएक फैलियो । तर यी सबै खबर गलत भएको पुष्टि भएको छ । लाखौ युवतीहरुको ढुकढुकि हनि सिहं सुरक्षित रहेको बताइन्छ । सोशल मिडियामो भाइरल बनेको उक्त तस्वीर हनि सिहंको एक गीत ‘ब्रीक मि बैक’ बाट लिइएको बुझिएको छ ।
हनि हाल दुबईमा रहेको बताइन्छ । उनी एक बाक्सिङ लीगको लान्चिग का लागी दुबई गएका हुन । त्यसो त यसअघि पनि विभिन्न बलिउड हस्तीहरुको मृत्यु भएको गलत हल्लाहरु फैलिने गर्दथे । लता मंगेशकर, आशा पारेख लगायत पनि यस्ता गलत हल्लाहरुका सिकार भैसकेका छन ।

Namaste Filmy

Read Previous

विरेन श्रेष्ठले फिल्म निर्देशन गर्दै ।महाराज थापाले संगीत दिने

Read Next

हेटौडामा 'हवल्दार सुन्तली' । फोटो फिचर ।