'मुखौटा' टोली चितवनमा । कलेजहरुमा टिसर्ट, फुटबल तथा ब्याग बाँडियो । फोटो फिचर ।

[dropcap][/dropcap]तिबेला फिल्म ‘मुखौटा’ टोली फिल्मको प्रचारप्रसारको लागी मोफसल टूरमा छन । यहि क्रममा फिल्म टोली मंगलबार चितवन आइपुगेका छन । अभिनेता सुनिल थापा, नायिका निशा अधिकारी सहितको फिल्म टोलीले मंगलबार चितवनका विभिन्न कलेजहरुमा फिल्मको नाम लेखिएको टिसर्ट, फुटबल तथा स्कुल ब्यागहरु वितरण गरेको छ । Mukhauta nepali movie4टोलीले बिहान साढे आठ बजेदेखि नै भरतपुरको यु टेक इन्जिनियरिङ कलेज, बिरेन्द्र क्याम्पस तथा नारायणगढको बालकुमारी कन्या कलेजमा बिद्यार्थीसँग अन्तरक्रिया गर्दै टिसर्ट, फुटबल तथा ब्यागहरु बितरण गरेको हो । बिद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै अभिनेता सुनिल थापाले मुखौटाले हिन्दी फिल्मलाई टक्कर दिने बताए । नयाँ पुस्ताका विद्यार्थीहरुलाई हिन्दी फिल्म भन्दा नेपाली फिल्मलाई माया गरिदिन पनि थापाले आग्रह गरे । Mukhauta nepali movie9त्यस्तै फिल्म टोलीले मंगलबार दिउसो नै नारायणगढमा एक पत्रकार सम्मेलन पनि सम्पन्न गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नायिका निशा अधिकारीले फिल्म उत्कृष्ट बनेको र आफुहरुले अत्यन्त मिहेनत गरेकाले एकपटक हेरिदिन आग्रह गरिन । उनले राजेश हमाल, सुनिल थापाजस्ता प्रोफेसनल कलाकरहरु सँग काम गर्दा अत्यन्त सहज भएको पनि बताइन । सम्मेलनमा टोलीले पत्रकारहरुलाई पनि टिसर्ट, फुटबल तथा ब्याग बाँडेका थिए । त्यस्तै फिल्म टोलीले चलचित्र पत्रकार संघ चितवनको लागी पनि एक थान फुटबल, टिसर्ट तथा ब्यागहरु दिएका थिए । टोली मंगलबार नै बुट्वल प्रस्थान गरेको छ । उनीहरु बुटवलबाट मंगलबार नै पोखरा जाने बताइएको छ । Mukhauta nepali movie8रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित फिल्म मुखौटालाई  अर्पण थापाले निर्देशन गरेका हुन । फिल्ममा अर्पणसँगै राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, रविन तामाङ, दयाहाङ राई, प्रशान्त ताम्राकार, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्म अगामी जेठ ३० गते अलनेपाल रिलिज हुनेछ ।

थप फोटोहरु :

Mukhauta nepali movie7 Mukhauta nepali movie6 Mukhauta nepali movie Mukhauta nepali movie2 Mukhauta nepali movie3 Mukhauta nepali movie1 Mukhauta nepali movie5

Namaste Filmy

Read Previous

हेटौडामा 'हवल्दार सुन्तली' । फोटो फिचर ।

Read Next

चितवनमा 'वल्ड कप इन नेपाल'को च्यारिटी शो सम्पन्न ।