चितवनमा 'वल्ड कप इन नेपाल'को च्यारिटी शो सम्पन्न ।

[dropcap]स्था[/dropcap]पनाको छोटो समयमा नै समाजसेवाका माध्यमबाट पाठकवर्गको मन जित्न सफल चितवनको पहिलो र एक मात्र राष्ट्रिय अर्ध साप्ताहिक ‘चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक’ पत्रिकाले आफनोे गौरवमय चौथो बार्षिकउत्सवको अवसरमा फिल्म ‘वल्र्ड कप इन नेपाल’ को च्यारिटी शो  गरिएको छ ।world-cuo-in-nepalपत्रिकाले भरतपुर फुटवल क्लबको सहयोगार्थ फिल्म ‘वल्र्ड कप इन नेपाल’ को च्यारिटी शो गरेको हो । सोमबार नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी शो सम्पन्न भएको हो । खेलकुदका क्षेत्रमा निकै कम चलचित्र बन्ने गरेकाले सम्पूर्ण खेलाडीहरुको मनोबल र उत्साह थप्न केही हद सम्म सहयोग पुर्याउने उद्देश्यले नेपाली फिल्मको च्यारिटी शो गरिएको पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक हरि कार्की ‘लक्की’ले बताउनुभयो ।world cup in nepal1नेपाली फुटबल खेलको विकास गर्दै विश्वकप प्रतियोगितामा सहभागी हुनसक्ने खेलाडी नेपाली खेलाडी उत्पादन गर्नुपर्ने उद्देश्यले नेचुरल मुभि मेकर्स प्रालिले ‘वल्र्डकप इन नेपाल’ नामक नेपाली कथानक चलचित्र निर्माण गरेको हो । नेपालको एउटा गाउमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मामिर्क ढंगले प्रस्तुत गरिएको नेपाली फिल्मलाई प्रकाश थापा र राम तामाङले निर्माण गरेका हुन् । फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा,  प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतको अभिनय रहेको छ ।
फिल्म गत बैशाख १९ गते नै अलनेपाल रिलिज भैसकेको छ ।world cup in nepal2

Namaste Filmy

Read Previous

'मुखौटा' टोली चितवनमा । कलेजहरुमा टिसर्ट, फुटबल तथा ब्याग बाँडियो । फोटो फिचर ।

Read Next

नायिका केकी अधिकारीकी बाबुलाई पनि ठगीको आरोप ।