नायिका केकी अधिकारीकी बाबुलाई पनि ठगीको आरोप ।

राजेन्द्र कार्की ।
[dropcap]के[/dropcap]हि दिन पहिला अभिनेता दिनेश शर्मालाई बेल्जीयम पठाउने भन्दै चार करोड ठगी गरेको आरोप लगाएको सेलाउन नपाउँदै फेरी अर्को चलचित्रकर्मी माथी ठगीको आरोप लगाइएको छ । नेपाली चलचित्रका निर्देशक समेत रहेका तथा नेपाली चलचित्रकी नायिका केकी अधिकारीको पिता बद्री अधिकारीले चलचित्र निर्माण गर्ने भन्दै दुइ महिलाहरु सँग गरी एक करोड ढगी गरेको आरोप लगाइएको छ ।badri adhikariडेढ वर्ष अघि “ज्यान हाजिर” नामको चलचित्र निर्माण गर्ने भन्दै दुइ महिलाहरु हिरा कुमारी तामाङ्ग र मिना कुमारी भण्डारीबाट रु. ९५ लाख लिएकोमा न त उहाँले चलचित्र निर्माण नै गर्नु भयो न त इमान्दारी पुर्वक ति महिलाहरुलाई रकम फिर्ता नै गरे । महिलाहरुले पटक पटक पैसा फिर्ता गर्ने दबाफ दिँदा खाली चेक मात्र हस्तान्तरण गरि आलटाल गर्ने काम मात्र गर्दै आइरहेका थिए । त्यो रकम कै कारण ति महिलाहरुको घरबार समेत तहस नहस हुँदा समेत रकम फिर्ता नगरे पछि अन्ततः तिनै महिलाहरुको उजुरीको आधारमा केहि दिन अघि बौद्ध प्रहरीले केकीका पितालाई पक्राउ गरेका थिए । यहि आरोपमा उनकी श्रीमती लक्ष्मी अधिकारी पनि गत वर्ष पक्राउमा परेकी थिइन । तर सोही घटनामा नायिका केकीका बाबु बद्रीले यस अघि नै वाउन्स चेकमा महिलाले जर्बजस्ती हस्ताक्षर गर्न लगाएको उजुरी दिइसकेको र मुद्दा चलिरहेको कारण सोही घटनामा पक्राउ गर्न नमिल्ने भन्दै उनलाई छोडिएको थियो ।badri-adhikari-with-keki-adhikariनेपाली चलचित्र उद्योग धरासायी हुँदै गइरहेको पछिल्लो समयमा चलचित्र कर्मीहरु समेत अन्य छिटो र मोटो रकम आम्दानी हुने धन्दामा लागि परिरहेका छन । त्यस्तै कलाकार धुब्र पराजुलीले पनि सहकर्मीहरु उज्जवल घिमिरे, दिपाश्री निरौला, रेखा थापा, छवी ओझा लगायतका लागि ठगेको आरोप लागेको थियो । उनीहरुले पराजुलीलाई चर्को ब्याजको लोभमा रकम दिएका थिए । अरु पनि धेरै चलचित्रकर्मीहरुले विभिन्न लोभप्रलोभनमा पार्दै रकम संकलन गर्दै फरार रहेका घटनाहरु पनि ताजै रहेको छ । यसरी चलचित्रकर्मीहरु नै ठगी धन्दामा संलग्न हुन थाले पछि सोझा साझा कलाकारहरु भने बदनाम हुने चिन्तामा रहेका छन ।

Namaste Filmy

Read Previous

चितवनमा 'वल्ड कप इन नेपाल'को च्यारिटी शो सम्पन्न ।

Read Next

रेष्टुरेन्टमा गीत गाउछन दयाहाङ राई । भिडियो ।