रेष्टुरेन्टमा गीत गाउछन दयाहाङ राई । भिडियो ।

[dropcap][/dropcap]लचित्र ‘नागबेली’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राईलाई रेष्टुरेन्टमा गीत गाउने गायकको रुपमा चित्रण गरिएको छ । दयाहाङ सँगै फिल्मको मुख्य कलाकारहरु फिचरीङ ट्रेलर मंगलबार युटुबमा रिलिज गरिएको हो । nepali movie naagbeliचेलीमाइती इन्टरनेशनल फिल्मसको ब्यानरमा निर्मित फिल्म ‘नागबेली’ लाई नृत्य निर्देशकको रुपमा परिचित गोविन्द राईले निर्देशन गरेका हुन । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा बिदेश बस्दै आएकि रोमियन लिम्बुको लगानी रहेको छ । दयाहाङ राई, हर्षिका श्रेष्ठ, एस राज, बिकि मल्ल, सम्भव श्रेष्ठ, नीर शाह लगायतको अभिनय रहेको छ । फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन भने दिपेन्द्र लामाले फिल्मको कथा लेखेका हुन । त्यस्तै फिल्ममा बिपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्धन्द, कमल राई र गोविन्द राइको नृत्य रहेको छ । सेन्सर बोर्डबाट पी जी सर्टिफिकेट पाइसकेको फिल्म अगामी असार २७ गतेबाट रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोस:

Namaste Filmy

Read Previous

नायिका केकी अधिकारीकी बाबुलाई पनि ठगीको आरोप ।

Read Next

राजेन्द्र खड्गीलाई एन.बि.महर्जनले फाईट सिकाउदै ।