राजेन्द्र खड्गीलाई एन.बि.महर्जनले फाईट सिकाउदै ।

रबि अधिकारी ।

[dropcap]गो[/dropcap]पाल भुटानीको उत्तराधिकारी रुपमा लिएको फाईट डाइरेक्टर एन. बि.महर्जन र राजेन्द्र  खड्गी समकालीन फाईट डाइरेक्टर हुदा हुदै पनि केहि वर्ष अघि यी दुई जनामा कसले बदि फिल्ममा फाईट डाइरेक्टर गर्ने होड नै चलेको थियो । करीब एक दसक भन्दा बदि समय सम्म यी दुईले एकले  अर्कोकोलाई प्रतिद्धन्दी रुपमा समेत हेरेका थिए ।kanchi matang tanh1गोपाल भुटानीको चेलाको रुपमा फाईटर, सहायक फाईट डाइरेक्टर , हुदै फाईट डाइरेक्टर हुन पुगेका एन. बि.महर्जन र राजेन्द्र  खड्गीले पचास देखि साठीको दसक सम्म नेपाली चलचित्र क्षेत्रमा फाईट डाइरेक्टर एक छत्र जस्तै राज गरेका थिए । दुबैले आफुलाई गोपाल भुटानीको उत्तराधिकारी देखाउना खोजेका यी दुई जनाले गोपाल भुटानीको फाईट निर्देशन रहेको चलचित्र ‘युग देखि युग सम्म” सगै फाईटर भएर समेत काम गरेका छन् । यस अघिनै एउटा भिडिओ फिल्म रसालमा समेत खलपत्रको रुपमा यी दुई जनाले सगै अभिनय गरेका छन् ।ब्यबसाहिक प्रतिस्पर्धी रहे पनि एन. बि.र राजेन्द्र एउटा असल साथी पनि हुन्  ।kanchi matang tangतेसैले त् अहिले धमाधाम सुटिंग भईरहेको चलचित्र ‘कान्छि मट्याङट्याङ”यी दुवै जना सगै काम गर्दै छन् । काठमाण्डौ र त्रिसुलीमा सुटिंग भई रहेको चलचित्र ‘कान्छि मट्याङट्याङ” एन. बि.महर्जनले फाईट डाइरेक्टरको रुपमा काम गर्दै छन् भने राजेन्द्र खड्गी  कलाकारको रुपमा खेल्दै छन् ।रोचक कुरा क छ भने एन. बि.महर्जनले राजेन्द्र खड्की चलचित्र फाईट सिकाई रहेका छन् । यसरि नाम चलेको एउटा फाईट डाइरेक्टर अर्को फाईट डाइरेक्टरलाई फाईट सिकाउदको माहोल भने अलि फरक हुदो रैछ तेसैले चलचित्रका अरु कलाकारले पनि यो दृश्य हेर्दा अलि फरक अनुभब भएको नमस्तेफिल्मी लाई जानकारी दिनु भयो ।kanchi matang thang2कलाकार पुरन थापाको निर्माण तथा निर्देशन रहने चलचित्र ‘कान्छि मट्याङट्याङ”मा जय क्रिसन बस्नेत ,सारिका के.सी.,शोभित बस्नेत ,राजेन्द्र खड्गी राजाराम पौडेल ,लय संगौला ,लक्ष्मी गिरि लगायतको मुख्य भूमिका रहेको छ भने गजित बिष्ट र अनु शाह पनि बिशेष भूमिकामा देखिदै छन् । श्याम रायमाझीको छायांकन ,सुरेन बरालको नुत्य ,टंक बुढाथोकी र बिकाश चौधरीको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

रेष्टुरेन्टमा गीत गाउछन दयाहाङ राई । भिडियो ।

Read Next

पुन्टे संयमलाई प्रियंकाले नाच्न सिकाइन ।