पुन्टे संयमलाई प्रियंकाले नाच्न सिकाइन ।

[dropcap]ना[/dropcap]यिका प्रियंका कार्की अब नायिका मात्र रहेन । उनले गायिका तथा कोरियोग्रफरको रुपमा समेत आफलाई उभ्याएकि छिन । केहि साता अघि रिलिज भएको फिल्म ‘आवरण’ को शिर्ष गित गाएर चर्चामा आएकी नायिका प्रियंका कार्कीले नयाँ फिल्म पुन्टे परेड को आइटम गीतमा कोरियोग्राफी गरेकी हुन । ‘मेरो बेस्ट फ्रेण्ड’ मार्फत सिने नगरीमा पाईला टेकेकी प्रियंकाले उक्त फिल्ममा पनि आफैले कोरियोग्राफी गरेकी थिईन ।Punte pared nepali movieयसका साथै मिसन पैसा २ को पनि २ गीतमा प्रियंकाको कोरियोग्राफी देख्न सकिन्छ । एक गीतमा उनि आफै नाचेकी छिन भने अर्को गितमा निशा अधिकारीलाई नचाएकी छिन । पुन्टे परेड मा कुल ३ गित समावेश छन् । जस मध्ये ‘कक्टेल जवानी’ बोलको आइटम गीतमा प्रियंकाको कोरियोग्राफी देखन सकिन्छ । यसमा उनि आफै नाच्नुको साथै संयम , निलु डोमा शेर्पा , रबिन्द्र खड्का लगायतलाई नृत्य गराएकी छिन ।
‘सानै देखि गायन र नृत्यमा शोख थियो , त्यसै अनुसार सिखे पनि तर व्यस्तताको कारण निरन्तरता दिन सकिन , अब बिस्तारै आफ्नो बाहिर आउदैछु’ प्रियंकाले आफुलाई अभिनय संग संगै नृत्य र गायन पनि मन पर्ने बताइन । कमेडी जनरा को ‘पुन्टे परेड’ मा उनि बिशेष भूमिकामा देखा परेकी छिन ।Punte pared nepali movie1प्रियंकाले गाएको गित झैँ यसको कोरियोग्राफी पनि चर्चित हुने बिश्वास निर्देशक सुबास कोइरालाको रहेको छ । ‘प्रियंकामा गाउने खुबी थियो र गाउन लगाए , उसले कोरियोग्राफी पनि राम्रो गर्ने भएकोले गर्न लगाएको हु जुन कुरा गित रिलिज भएपछी सबैले थाहा पाउनु हुनेछु’ निर्देशक कोइरालाले प्रियंकाको ट्यालेन्ट बाहिर ल्याएको बताए ।
यसमा हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीको पनि लगानी रहेको छ । यसमा संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि लगायतको मुख्य भूमिका रहेको छ भने कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ ।

Namaste Filmy

Read Previous

राजेन्द्र खड्गीलाई एन.बि.महर्जनले फाईट सिकाउदै ।

Read Next

बिश्व चर्चित पप गायिका माइलीको घरमा चोरी ।