बिश्व चर्चित पप गायिका माइलीको घरमा चोरी ।

miley-cyrus-mtv-ema-650c[dropcap]बि[/dropcap]श्व चर्चित पप गायिका माइली साइरसको घरमा चोरी भएको छ । समाचारअनुसार माइलीको एक लग्जरी कार र केहि बहुमुल्य गहना चोरी भएको हो । एक वेभसाइट कान्टेक्टम्युजिक डट कम का अनुसार गत मे ३० मा चोरी भएको हो । यस घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइन्छ ।
चोरी भएको माइलीको कारको मुल्य एक लाख अमेरिकी डलर रहेको बताइन्छ । चोरी भएको बेला माइली घरमा थिइनन ।
समाचारअनुसार चोरी गर्ने हरु एक महिला र एक पुरुष रहेको बताइन्छ । दुवै घरको ग्यारेजबाट भित्र प्रवेश गरेका थिए । चोरी भएपछि माइलीका सहायक सवैभन्दा पहिले घरमा पुगे । उनले हरेक चीज यथास्थानमा नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल प्रहरीसँग मिलेर माइलीका सहायक पनि चोरको खोजी गरिरहेका छन । प्रहरी घरको सुरक्षा फुटेजको अधारमा चोरको खोजीमा छन । प्रहरीको फिंगर प्रिन्ट विभाग पनि चोर पक्रनको लागी लागीपरेका छन ।
स्मरण रहोस गत बर्ष पनि माइलीको स्टुडयो सिटी स्थित घरबाट एक लाख डलर बराबरको गहना तथा अन्य बस्तु चोरी भएको थियो ।

Namaste Filmy

Read Previous

पुन्टे संयमलाई प्रियंकाले नाच्न सिकाइन ।

Read Next

दिपकले 'तितो सत्य'मा अभिनय नगर्ने । 'बेइमान' देखिने सम्भावना ।