दिपकले 'तितो सत्य'मा अभिनय नगर्ने । 'बेइमान' देखिने सम्भावना ।

[dropcap][/dropcap]र्चित हास्यकलाकार दिपकराज गिरीलाई दर्शकले अब चर्चित हास्य टेलिश्रृङखला ‘तितो सत्य’मा देख्न नपाइने भएको छ । तितो सत्यबाट नै दर्शकको मनमा एकछत्र राज गरेका दिपक किन ‘तितो सत्य’बाट अलग्गिए त ? Deepak_raj_giriदिपकका अनुसार मिडिया एक्सपोज बढी भएकाले उनी केहि समय पर्दा पछाडी नै रहनेछ । तितो सत्यको पुन प्रसारण सुरु भए यता पर्दामा नदेखिएको दिपकलाई अबको केहि समय पर्दामा देख्न पाइने छैन । पछिल्लो समय फिल्म ‘६ एकान ६’ निर्माण गरेर सर्वत्र चर्चित हुन पुगेका दिपक मिडियामा बढी नै एक्सपोज भइरहेको ठान्छन । यसरी मिडियामा धेरै एक्पोज भइरहदा दर्शकलाई मज्जा नआउने भन्दै उनी केहि समय अभिनय नगर्ने मूडमा पुगेका हुन । तर ‘तितो सत्य’को निर्देशन भने दिपक स्वयमले गर्नेछ । अभिनयबाट बिश्राम लिएसँगै दिपक सिरीयल निर्देशन र दुई नयाँ फिल्मको स्कृप्टमा पनि ब्यस्त रहने बताइएको छ । ‘६ एकान ६’ कै सिक्वेल ‘फिल्म वडा नं. ६’ र अर्को एक प्रोजेक्टमा उनी ब्यस्त हुनेछन ।
यता दिपक नदेखिने भए लगतै रावि डंगोल ‘बेइमान’को टीम तितो सत्यमा देखिने सम्भावना रहेका बुझिएको छ । केहि बर्ष अघि रवि डंगोल ‘बेइमान’ पनि तितो सत्यका रुचाइएका पात्र थिए ।

Namaste Filmy

Read Previous

बिश्व चर्चित पप गायिका माइलीको घरमा चोरी ।

Read Next

‘बिर्खेलाई चिन्छस्" को शिर्ष गीत सार्वजनिक