मुखौटा को प्रचार प्रसार पोखरामा सम्पन्न । नायिका अधिकारी पत्रकार सम्मेलनमा अनुपस्थित

सुसन घिमिरे, पोखरा
हेटौडाबाट ,धरान , नारायणगढ, बुटबल हुदै पोखरा आईपुगेको फिल्म “मुखौटा”को टोली ले आज पोखरा बिभिन्न कलेज हरुमा प्रचार प्रसार गर्दै विद्यार्थीहरुलाई टिसर्ट तथा फुटबल समेत वितरण गरेको थियो ।
mukhauta 2 पोखराका जनप्रिय उच्च मावि, पोखरा कलेज अफ म्यानेजमेन्ट, स्पाईरल ग्यालेक्सी उच्च मावि र सगरमाथा निकेतन लगायत कलेजहरुमा पुगेर टोलीले प्रचार पसार गरेको थियो ।अभिनेता सुनिल थापा र अभिनेत्री निशा अधिकारी तथा निर्माता रबिन श्रेष्ठ ले बिद्यार्थीहरु लाई हल सम्म पुगेर मुखौटा हेरिदिनका लागी आग्रह गरेका थिए । प्रचार प्रसार पछि युनिटले पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलन मा नायीका निशा अधिकारी भने अनुपस्थित रहेकी थिईन् ।

mukhauta 1
प्रियंका कार्कीले चलचित्र आभासमा अभिनय न गर्ने भए पछि पोखरा पुगे लगतै नायिका निशा अधिकारी सो चलचित्रमा प्रियंकाको ठाउमा अभिनय गर्ने भए पछि पत्रकार सम्मेलनमा सामेल नभई सिधै चलचित्र आभासको सुटिंगमा जानु परेकोले पत्रकार सम्मेलनमा अनुपस्थित रहेकी थिईन् ।पत्रकार भेटघाट कार्यक्रम बोल्दै निर्माता रबिन श्रेष्ठले प्रदर्शनमा आईसक्दासम्म फिल्मको लागत एक करोड रुपैँया पुग्ने बताएका छन् । फिल्म निर्माण गर्दा कुनै कुरामा सम्झौता नगरिएको दाबी गर्दै निर्माता श्रेष्ठले भने : नेपाली फिल्मको स्तरोन्नती र विदेशी बजार खोज्ने अभियानको क्रममा हामीले यो फिल्म निर्माण गरेका हौँ । आशा छ यो प्रयास मा हामीलाई दर्शक साथ दिनुहुनेछ ।
mukhauta
कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकार अभिनेता सुनिल थापाले फिल्म निकै राम्रो बनेको र फिल्म हेरेर दर्शकले मनोरञ्जन प्राप्त गर्ने कुरामा कुनै दुईमत नभएको बताएका थिए । अर्पण थापाको पहिलो डेब्यू निर्देशन रहेको फिल्म ‘मुखौटा’ नेपाली फिल्ममा चलेका कलाकारहरुलाई एउटै फिल्ममा अटाएकै कारण ले यति खेर चर्चामा रहेको छ । फिल्ममा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, निशा अधिकारी र हर्षिका श्रेष्ठको मुख्य भुमिका रहेको छ । रिफ ईन्टरटेन्मेन्ट को प्रस्तुतिमा बनेको फिल्म‘मुखौटा’ यहि जेठ ३० गते रिलिज हुदैछ ।
mukhauta 3

Namaste Filmy

Read Previous

‘बिर्खेलाई चिन्छस्" को शिर्ष गीत सार्वजनिक

Read Next

फिल्म 'बाजीराव मस्तानी'को लागी दिपिकाले पाइन ८ करोड ।