‘बिर्खेलाई चिन्छस्" को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘बिर्खेलाई चिन्छस्” को अडियो भर्सनको शिर्ष गीत सार्वजनिक गरिएको छ ।यहि भदौ २० देखि प्रदर्शन आउन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस् को अडियो भर्सनलाई मेकिङ फोटो सहित शिर्ष गीत युट्यूबाट सार्वजनिक गरिएको छ ।
birkhelai chinchas
अराज केशव गिरीको निर्देशन रहेको यो चलचित्रलाई नायक सुवास थापाले निर्माण गरेका हुन् ।बासुदेव मुनालको रचनाकार,मोहित मुनालको संगीत र सन्तोष लामा र प्राश्ना शाक्यको स्वर रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस् को सार्वजनिक गरिएको शिर्ष गीत कमेडी पाराले प्रस्तुति गरिएको छ ।चलचित्र ‘बिर्खेलाई चिन्छस्’ मा सुवास थापा,शिशिर भण्डरी सुरेश उप्रेती, शिशिर राणा, विनिता खड्का, बालदीप राई तथा आयुषा राई लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।

जगदीश थापाको कथा ,पटकथा ,सम्बद रहेको चलचित्र ‘बिर्खेलाई चिन्छस्” सगै भदौ २०मा नै जीवन लुइँटेलले अहिले  सम्म  अभिनय गरेको चलचित्रमा राम्रो लागेको चलचित्र ‘स्टुपिड मन’ पनि प्रदर्शन हुदैछ ।
 

Namaste Filmy

Read Previous

दिपकले 'तितो सत्य'मा अभिनय नगर्ने । 'बेइमान' देखिने सम्भावना ।

Read Next

मुखौटा को प्रचार प्रसार पोखरामा सम्पन्न । नायिका अधिकारी पत्रकार सम्मेलनमा अनुपस्थित