फिल्म 'बाजीराव मस्तानी'को लागी दिपिकाले पाइन ८ करोड ।

[dropcap][/dropcap]लिउडका मशहुर फिलम निर्माता सञ्जय लिला भन्सालीले आफ्ना ड्रिम प्रोजेक्ट ‘बाजीराव मस्तानी’का लागी दिल खोलेर खर्च गरिरहेका छन । उनले फिल्मकी हिरोइन दिपिका पादुकोणलाई ८ करोड पारिश्रमिक दिएका छन । जुन बलिउडमै अहिलेसम्मकै नायिकाहरुले पाएकोमध्ये सबैभन्दा धेरै पारिश्रमिक हो । यसबाट दिपीका बलिउडकै सबैभन्दा बढि पारिश्रमिक पाउने नायिका बनेकी छिन ।  deepika-padukone-hot-wallpapers-12फिल्म ‘बाजीराव मस्तानी’मा यति धेरै पारिश्रमिक पाउने भएपछि दिपीकाले करण जोहरको फिल्म शुद्धि पनि छाडेकि थिइन । फिल्ममा दिपीकाको अलवा उनकी ब्वायफ्रेन्ड रणवीर सिहं र प्रियंका चोपडाको पनि मुख्य भुमिका रहनेछ ।
करिब १४ बर्ष अघि नै निर्माण गर्ने भनिएको भन्सालीको ड्रिम प्रोजेक्ट बल्ल निर्माण हुने भएको हो । फिल्म मुख्य भुमिकाको लागी यसअघि पनि थुप्रै स्टारहरु सँग कुरा चलेको थियो । सुरु मा सलमान खान र एैश्वर्या राय लाई लिएर फिल्म बनाउने भनिए पनि उनीहरुको ब्रेकअप भएपछि रोकिएको थियो । त्यस्तै करिना कपुरलाई लिएर फिल्म बनाउने भनिएपनि करिनाले विवाह गरेपछि फेरी फिल्म रोकीएको थियो । पछिल्लो समय अभिषेक बच्चन र एैश्वर्या लाई लिएर फिल्म निर्माण गर्ने भन्ने हल्लाहरु आएपनि अन्तत दिपिका, रणवीर र प्रियंकालाई फिल्मको लागी फाइनल गरिएको हो ।

Namaste Filmy

Read Previous

मुखौटा को प्रचार प्रसार पोखरामा सम्पन्न । नायिका अधिकारी पत्रकार सम्मेलनमा अनुपस्थित

Read Next

सेक्सको अनुभव छैन । भ्याकेन्सी ओपन छ: दिपाश्री निरौला ।