सुविधा सम्पन्न बन्दै चितवनको गणेश चित्र मन्दिर ।

हरि कार्की ‘लक्की’,चितवन ।
[dropcap][/dropcap]छिल्लो समयमा चितवनमा रहेका चलचित्र हलप्रति आम दर्शकहरु धेरै नै गुनासोहरु गर्ने गरेका छन् । हलको भौतिक अवस्था र प्राविधिक पक्षमा विशेष गरी दर्शकहरुको गुनासो छ । बढ्दो सिने बजारलाई ध्यानमा राख्दै चितवनकै जेठो चलचित्र हल गणेश चित्र मन्दिर प्रा.लि. ले यि गुनासाहरुलाई समाधान गर्ने प्रयास गरेको छ । ganesh hallहलले अहिले बालकोनीमा रहेको दुईसय १२ र स्पेशलमा रहेको चारसय ४८ पुराना सिटलाई परिवर्तन गरी नया आरामदायी फोल्डिङ्ग सिट राखिएको छ । आम दर्शकहरुको मागलाई मध्यनजर गर्दै उच्चस्तरको सेवा प्रदान गर्ने उद्देश्यले नया फोल्डिङ्ग सिट र नया प्रविधि जडान गर्दै आएको हल म्यानेजर सूर्य कर्माचार्यले नमस्तेफिल्मीलाई जानकारी दिनुभयो । सो हलमा दैनिक हजार भन्दा बढी दर्शकहरुले मनोरञ्जन लिने गरेको म्यानेजर कर्माचार्यले बताउनुहुन्छ । यस अघि नै हलले पाच हजार पाच सय लुबिन्स क्षमताको नया प्रोजेक्टर, ५।१ क्षमताको डिजिटल साउण्ड जडान गरिसकेको छ ।
स्मरण रहोस चितवनको नारायणगढमा हाल गणेश, इन्द्रदेव र सिम्याक्स सिनेमा गरी तीन वटा हल सञ्चालनमा रहेको छ भने मल्टिप्लेक्सको रुपमा सञ्चालनका लागि जलमा चलचित्र मन्दिर केही महिना अगाडिदेखि निर्माण कार्य भइरहेको छ । यस्तै पूर्वी चितवनको रत्ननगरमा नारायणी र पर्सामा जनज्योती हल सञ्चालनमा रहेको छ ।

Namaste Filmy

Read Previous

सेक्सको अनुभव छैन । भ्याकेन्सी ओपन छ: दिपाश्री निरौला ।

Read Next

शुक्रबारबाट काठमण्डौमा 'मिस नेपाल' ।