शुक्रबारबाट काठमण्डौमा 'मिस नेपाल' ।

[dropcap][/dropcap]त शुक्रबारबाट मोफसलमा रिलिज भएको चलचित्र मिस नेपाल काठमण्डौमा भने भोली शुक्रबारबाट रिलिज हुदैछ । मोफसलबाट दर्शकको राम्रो साथ पाएको फिल्म काठमण्डौको विभिन्न मल्टीप्लेक्स तथा सिगंल स्क्रिनहरुमा लाग्नेछ ।Miss nepal nepali movieफिल्मका बितरक करण श्रेष्ठका अनुसार हल ब्यवस्थापन गर्न कठिन भएका कारण फिल्मको रिलिज मिति मोफसल र उपत्यकामा अघि पछि हुन  पुगेको हो । फिल्मले मोफसलका ठुला शहरहरुमा दर्शकको तारिफ पाएका थिए । दर्शकले माया गरेपछि निर्मात्री एवं नायिका शुभेच्छा थापा यतिबेला निकै हर्षित छिन । उनले अब काठमण्डौमा पनि दर्शकको राम्रो साथ पाउने आशा गरेकी छीन ।
शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा शुभेच्छा थापाले निर्माण गरेको फिल्मलाई सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन । फिल्ममा शुभेच्छाको अलवा सबिन श्रेष्ठ, क्षितिजा शाक्य, कल्याण घिमिरे लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

सुविधा सम्पन्न बन्दै चितवनको गणेश चित्र मन्दिर ।

Read Next

अडियो भर्सनमा फिल्म 'लभसब'को गीत रिलिज । गीत सुन्नुहोस ।