अडियो भर्सनमा फिल्म 'लभसब'को गीत रिलिज । गीत सुन्नुहोस ।

[dropcap]फि[/dropcap]ल्म ‘लभसब’ को दुई गीतहरु अडियो भर्सनमा सार्वजनिक गरिएको छ । युटुबमा रिलिज गरिएको गीतहरुमा फिल्म मेकिङको फोटोहरु लाई स्क्रोलिङ गरिएको छ । सार्वजनिक गरिएको पहिलो गीतमा सुजिल कर्माचार्यको संगीत र शिवराम बजगाईको स्वर रहेको छ । त्यस्तै सार्वजनिक दोस्रो गीतमा हेमन्त रानाको स्वर तथा सुरेन्द्र रानाको शब्द रहेको छ ।LUv sub nepali movie‘लभसब’ अहिले छयांकन सकिएर विभिन्न प्रविधिक काममा ब्यस्त फिल्म हो । यसअघि हरर थ्रीलर फिल्म एक दिन एक रात निर्देशन गरेका निर्देशक देवकुमार श्रेष्ठले फिल्मलाई निर्देशन गरेका हुन । फिल्मलाई सुशिल पोखरेलको प्रस्तुतीमा नरेन्द्र महर्जनले निर्माण गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । लभ नै सब थोक हो भन्ने थीम बोकेको टिनएज लभस्टोरी फिल्म लभ सब लाई कृष्ण श्रेष्ठले खिचेका हुन । त्यस्तै फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

 गीत सुन्नुहोस:

Namaste Filmy

Read Previous

शुक्रबारबाट काठमण्डौमा 'मिस नेपाल' ।

Read Next

पर्फ्युमको लागी नाङिगए रिहाना ।