नेपाल आइन तेरिया । विमानस्थलमा भव्य स्वागत ।

[dropcap][/dropcap]र्चित भारतीय टिभी च्यानल जी टिभीबाट प्रसारण भइरहेको रियालिटी शो डान्स इण्डिया डान्स लिटिल मास्टरको सिजन ३ की प्रतियोगी नेपाली चेली तेरिया मगर नेपाल आएकी छिन् । Teriya magarनेपालको रुपन्देही जिल्ला रुद्रपुर घर भएकी तेरिया डीआइडीको यस सिजनको उत्कृष्ट ६ मा पुगिसकेकी छिन् । उनी बिहिबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झरेकी हुन् । उनलाई बिमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनीसँगै जी टिभीको एक टोली पनि नेपाल आएको छ । नेपाल बसाईको क्रममा रुपन्देहिमा नुत्य छयांकन तथा केहि कार्यक्रममा आफुलाई भोट हालिदिन आग्रह गर्नेछिन । उनको यी सबै गतिविधिीलाई जीटिभीको प्रतिनिधिले खिच्नेछन र टिभीबाट यसका फुटेजहरु प्रसारण गरिनेछ ।
निर्णायक टोलीबाट पनि प्रशंसा र प्रोत्साहान पाउँदै आएकी तेरियाको नेपालमा पनि धेरै प्रशंसक रहेका छन् । उनका नेपाली प्रशंसकहरुले उनलाई अत्याधिक भोटले जिताउनको लागी नेपालमा समेत विभिन्न अभियानहरु चलाइरहेका छन ।teriya magar1

Namaste Filmy

Read Previous

पर्फ्युमको लागी नाङिगए रिहाना ।

Read Next

चलचित्र ‘ठुली’ को शिर्ष गीत सार्वजनिक (भिडियो सहित )