चलचित्र ‘ठुली’ को शिर्ष गीत सार्वजनिक (भिडियो सहित )

एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको निर्माण सुरु भएदेखि नै सर्वाधिक चर्चामा रहेको चलचित्र ‘ठुली’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजेश पायल राई र इन्दिरा जोशीको आवाजमा सजिएको “म त् मर्छु क्या हो ठुली “बोलको गीतलाई निर्देशक एभरेस्ट सुर्य बोहोराले लेखक हुन् भने संगीत बसन्त सापकोटा र नुत्य बसन्त श्रेष्ठको रहेको छ ।
Picture1
चलचित्रकी नायिका गरिमा पन्तले सार्क फिल्म फेस्टिभलमा फिल्म ‘झोला’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाउन सफल भएकोमा बिहिबार मात्रै राष्ट्रपति भवन शितल निवासमा डाक्दै राष्ट्रपतिले बधाई दिएका थिए । एभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त ले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा नायिका गरिमा पन्त, जीवन लुइटेल, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्ः

शेर बहादुर लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ ।फिल्मको काठमण्डौ, चितवन लगायतका विभिन्न स्थानमा छयांकन गरिएको थियो । नेपाली समाजमा रहेको विभिन्न कुरीतिबिरुद्धको नारी प्रधान चलचित्र ‘ठुली’ अगामी तीजको अवसर पारेर भाद्र ६ गते बाट रिलिज हुने भएको छ ।

Namaste Filmy

Read Previous

नेपाल आइन तेरिया । विमानस्थलमा भव्य स्वागत ।

Read Next

"कोहिनुर"को टाइटल गीत सार्वजनिक (भिडियोसहित)