शनिबार मिस नर्स चितवन २०१४ को अडिसन हुदै

चितवनका स्वास्थ्य क्षेत्रमा सुनौलो भविष्य निर्माण गर्नको लागी नर्सिङ्ग पेशामा आबद्ध भएकाहरु बिच हुन लागेको मिस नर्स चितवन २०१४को अडिसन हुने भएको छ । मिति २०७१ ज्येष्ठ २३ अर्थात् जुन ७ चितवनको टाँडी अबस्थित हंश मनोरोंजन केन्दमा अडिसन हुने भएको छ ।
10269417_312931772197551_2280027396178861866_n पूर्व मिस नेपाल मलिना जोशीले अडिसन मार्फत ग्रुमिङ राउण्डको लागि बिस जना छनोट गरी तालिम क्षमता अभिवृतलगायतका तालिम दिदै फाइनल राउण्डको लागि लगिने छ । स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नर्सिङ, विएन अध्ययनरत विद्यार्थीहरु तथा सेवारत नर्सहरुले कार्यक्रममा सहभागी हुने छन् ।प्रतिभा प्रस्फुटन तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुराउने उद्देश्यले आयोजना गरिएको मिस नर्स चितवनको आयोजना स्ट्रिङग मिडिया काठमाण्डौले गर्न लागेको हो । चितवन स्वास्थ्यको लागी उर्वर भुमि र यहां नर्सिङ अध्ययन गर्नेहरुको जमात नै भएकोले आफुहरुले यो कार्यक्रम चितवनमा नै आयोजना गर्न लागिएको भन्दै विभिन्न कारणले कार्यक्रम केहि समय ढिलो हुन गएको भन्दै अब भने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । मिस नर्स चितवन २०१४ कार्यक्रमका विजेताले ईस्कुटर ,म्युजिक भिडियोहरु,फिल्ममा अभिनयको साथै अन्य विभिन्न पुरुस्कार पाउने छन् ।त्यस्तै फस्ट रनरअपले २५०००, म्युजिक भिडियोको साथै अन्य विभिन्न पुरुस्कार र सेकेन्ड रनरअपले १५००० नगद म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनुको साथै अन्य विभिन्न पुरुस्कार पाउने छन् । करिब एक महिना भित्त्रै फाईनल गरिने कार्यक्रम एनटिभी प्लस र स्थानीय अभास टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिनेछ।

Namaste Filmy

Read Previous

"कोहिनुर"को टाइटल गीत सार्वजनिक (भिडियोसहित)

Read Next

ब्यानर र बजेट अनुसार पारिश्रमिक लिन्छु नायिका सुमिना घिमिरे