ब्यानर र बजेट अनुसार पारिश्रमिक लिन्छु नायिका सुमिना घिमिरे

राजेन्द्र कार्की
नायिका सुमिना घिमिरेले करिब ५ वर्ष अघि चलचित्र दुलहीबाट डेब्यू गरकी हुन । चलचित्र भिमदत्त सम्म आइपुग्दा दर्जन भन्दा बढी चलचित्रमा अभिनय गर्न भ्याइसकेकी छिन । शम्भु प्रधानको निर्देशन रहेको चलचित्र“रंगबैजनी” मा नायिकाको भूमिकामा देखा पर्दैछिन ।
sumina ghimire
महानायक राजेश हमाल, मुकेश ढकाल, नवल खड्का लगायत अन्य नया पुराना कलाकारको साथै निर्माणाधिन चलचित्र रंगवैजनीमा सुपर स्टार नायक जीवन लुईटेल सँगको विपरित भूमिकामादेखापर्दैछिन ।दुलही चलचित्रबाट नवनायिका, नेफ्टा लगायत चार सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छिन । रिलिजको क्रममा नै रहेको ऐतिहासिक चलचित्र भिमदत्तमा नायक नवल खड्का (भिमदत्त) को आर्दश श्रीमतीको रुपमा सफल अभिनय प्रस्तुत गरेकी छिन । सरल, सबैसँग समान ब्यवहार र बोलचाल गर्न रुचि राख्ने स्वभावकी सुमिनाले चलचित्र मिदत्तमा न्यायपुर्ण र स्वभाविक अभिनय प्रस्तुत गर्न सकेकी छिन । पर्दामा मात्र होइन पर्दा बाहिर पनि नेपाली नायिका भन्न सुहाउने दर्शक मैत्री स्वाभावकी यीनी आफुलाई अभिनय कै आम्दानीले दैनिकी चलाउन पुगेको धारणा राख्दछिन ।
bhimdatta
पैसाले त कसलाई पुगेको छ र भन्ने प्रश्न गर्ने उनी ब्यानर र बजेट अनुसार पारिश्रमिक लिने गरेको पनि बताउनु हुन्छ । आफु भन्दा अग्रज कलाकारहरुको संघर्षलाई नै प्रोत्साहन ठान्दै आइरहेकी सुमिना नेपाली चलचित्र कै आम्दानीले कोही पनि धन नभएको बताउँछिन । चलचित्र क्षेत्रबाट प्रसस्त आम्दानी गर्न नसके तापनि आफ्नो सोझो र सरलपनको फाइदा उठाउँदै बदनाम गराउन खोज्ने र चलचित्र क्षेत्रबाटै पलायन गराउन खोज्नेहरुलाई अहिले आएर उनीहरुको मुखमा धुलो फ्याक्न पाएकोमा भने सन्तुष्ट पाएको बताउनु हुन्छ । आफ्नो इमान्दारीता, मेहनत र यस क्षेत्र प्रतिको लगावका कारण नै ऐतिहासिक चलचित्र भिमदत्त र कुनै समयमा चलचित्र निर्माण निर्देशनमा ख्याती कमाएका चलचित्रकर्मी शम्भु प्रधानको चलचित्र रंगवैजनीमा आफुलाई अवसर मिलेको बताउँदै आउँदा दिनहरुमा समेत चलचित्र क्षेत्रमा नै समप्रित रहने नायिका सुमिना घिमिरे बताउँछिन ।

Namaste Filmy

Read Previous

शनिबार मिस नर्स चितवन २०१४ को अडिसन हुदै

Read Next

बलिउड सुपरहिरो ऋतिक रोशन हलिउड फिल्ममा ?