बलिउड सुपरहिरो ऋतिक रोशन हलिउड फिल्ममा ?

[dropcap][/dropcap]लिउडमा सुपरहिरोको छवि बनाएका ऋतिक रोशन छिट्टै हलिउड फिल्ममा देखिने सम्भावना रहेको समाचार आएको छ । भारतीय मिडियाका अनुसार ऋतिक बिगत केहि दिनदेखि हलिउडका फेमस फिल्म मेकर रोबर्ट कोहेन सँग सरसल्लाहमा रहेका बुझिएको छ । रोबर्ट सुपरहिट हलिउड फिल्म द फास्ट एण्ड फ्युरियस लगायत कयौ हिट फिल्मका निर्देशक हुन । उनी पछिल्लो केहि महिना कयौ पटक मुम्बई आइसकेको बताइन्छ । ritikऋतिक रोशन र उनका पिता राकेश रोशनको साथ कयौपटक भेटिएका रोबर्टले ऋतिकलाई लिएर एक्सन थ्रिलर हलिउड फिल्म बनाउने बिचार गरीरहेको पनि समाचारमा जनाइएको छ ।
ऋतिक निकट स्रोतका अनुसार यस बिषयमा ऋतिक निकै उत्साहित छन । उनको पहिलेदेखि नै हलिउड फिल्ममा इन्ट्रेस्ट देखाएको र बल्ल उनको चाहना पुर्ण हुन लागेको स्रोतको भनाई छ । ऋतिकको उत्कृष्ट लुक्स र जबरदस्त पर्फर्मेन्सका कारण हलिउड फिल्ममेकरले उनीमाथी चासो देखाएका थिए । अबको केहि समयमा नै ऋतिक हलिउड फिल्ममा देखिने नदेखिने बारे फाइनल हुने बताइएको छ ।

Namaste Filmy

Read Previous

ब्यानर र बजेट अनुसार पारिश्रमिक लिन्छु नायिका सुमिना घिमिरे

Read Next

छयांकनमा 'बेष्ट फ्रेन्ड फरेभर' । बिदेश प्रदर्शनको लागी सम्झौता गरियो ।