छयांकनमा 'बेष्ट फ्रेन्ड फरेभर' । बिदेश प्रदर्शनको लागी सम्झौता गरियो ।

[dropcap]१९ [/dropcap]बर्षे किशोर युवाहरुको निर्देशन तथा पटकथा रहेको फिल्म ‘बेष्ट फ्रेन्ड फरेभर’को यसै साताबाट छयांकन थालिएको छ । राजधानीको सुकेधाराबाट फिल्मको इन्डोर सुटिङ थालिएको हो । एहसान अलिको लगानीमा निर्माण भइरहेको फिल्मलाई उत्सव थपलियाले निर्देशन गरिरहेका छन । लोचन आचार्यको पटकथा रहेको फिल्ममा २०१४ का मिस्टर क्यापिटल मनिष न्यौपाने, लुट कम्पनीका नायिका आलिया खतिवडा, ओसन श्रेष्ठ, रिमा साही, सिम्रन लुइटेल, सृजना पोख्रेल, निशा बुढाथोकी, आरुष गुरुङ, एवन उप्रेती, मनिष न्यौपाने, विक्की फैजु, राजन पुरी, हिमाल खत्री आदिको अभिनय रहनेछ ।bffयसैबीच छयांकन सुरु भएलगतै फिल्मलाई बिदेश प्रदर्शनको लागी एक संस्थाले जिम्मा लिएको छ । लन्डनस्थित रेडियो एक्टिभ लन्डनले फिल्मको लन्डन लगायत अन्य विभिन्न शहर तथा देशहरुमा प्रदर्शन तथा च्यारिटीको जिम्मा लिएको हो । यसरी फिल्मको प्रदर्शन गर्न तत्कालका लागी रेडियो एक्टिभ र आफुहरु बीच १४५००० को सम्झौता भएको फिल्मका निर्देशक उत्सव थपलियाले बताउनुभयो । बाँकि फिल्मको प्रदर्शनपछि दुवै पक्षलाई आधा आधा नाफा बाँडिने उनको भनाई छ । त्यस्तै सम्झौता अनुसार रेडियो एक्टिभले फिल्मलाई आवश्यक प्राविधिक तथा बित्तिय सहयोग गर्ने र बेलायतको विभिन्न स्कुल, युनिभर्सिटी तथा नाटक घरमा फिल्मको प्रचारप्रसार तथा प्रदर्शन गर्नेछ । निर्देशक उत्सवका अनुसार फिल्मको टिजर तथा अन्य विभिन्न प्रमोशनल क्रियाकलापमा पनि लन्डनसँगै अन्य विभिन्न देशहरुमा रेडियो एक्टिभले सहयोग गर्नेछ । त्यस्तै फिल्म प्रमोसनको लागी आवश्यक टिसर्ट, ब्याचलगायतका सामग्रीहरु पनि रेडियो एक्टिभले डोनेशनको रुपमा दिनेछ ।
बिश्वका विभिन्न २३ वटा देशहरुमा रेडियो स्टेशन तथा टेलिभिजन सञ्चालन गर्दै आइरहेका रेडियो एक्टिभले त्यही सञ्चार माध्यमबाट फिल्मको ट्रिजर पनि सार्वजनिक गर्नेछ । तान्जनिया, कंगो, केन्या, भारत, ओमान, नेपाल, उरुग्वे, पाकिस्तान लगायतको देशहरुमा रेडियो एक्टिभ को सञ्जाल रहेको बताइन्छ । जसबाट शान्ति सेनामा रहेको नेपालीहरुले पनि फिल्म हेर्न पाउने उत्सवको भनाई छ । यसरी विभिन्न स्थानमा फिल्मको प्रदर्शन तथा च्यारिटीबाट उठेको रकमको ३५ प्रतिशत विभिन्न सामाजिक सेवामा लगाइने बताइएको छ ।
उत्सवका अनुसार रेडियो एक्टिभ लन्डनले नेपाली फिल्मको प्रदर्शनको लागी गरेको यो नै पहिलो सहयोग हो । रेडियो एक्टिभका निर्देशक म्याक्स ग्रीफले उत्सवको लगनशीलता र नेपालप्रतिको मायाले यस्तो सहयोग गरेको बताए । यसअघि पनि रेडियो एक्टिभले प्रदान गरेको युथ अवार्डबाट निर्देशक उत्सव थपलिया सम्मानित भैसकेका छन ।

युवाहरुको मित्रता र मित्रतामा कसैले कती सम्मको त्याग गर्न सक्छ भन्ने विषयमा निर्माण भइरहेको फिल्म ‘बेष्ट फ्रेन्ड फरेभर’ काठमण्डौसँगै विरगंज  तथा भारतका केहि स्थानहरुमा पनि छयांकन गरिनेछ । फिल्मलाई आगामी फाल्गुनमा रिलिज गर्ने लक्ष्य निर्माण टोलीको छ ।

Namaste Filmy

Read Previous

बलिउड सुपरहिरो ऋतिक रोशन हलिउड फिल्ममा ?

Read Next

गायक तथा नायक यशकुमारलाई मातृशोक ।