
[dropcap]च[/dropcap]र्चित गायक तथा नायक यश कुमारलाई मातृशोक परेको छ । उनकी आमाको ८५ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । केहि दिनअघि ब्रेन ह्यामरेज भएपछि यशकी आमालाई वीर अस्पातालमा भर्ना गरिएको थियो । अस्पाताल भर्नापछि पनि स्वास्थ्यमा सुधार नआएको चिकित्सकहरुले बताइरहेका थिए । आइसी यु मा राखेर उपचार गरिरहेको यशकी आमालाई शुक्रबार बिहान चिकित्सकले मृत घोषित गरेका हुन ।
आमाको निधन भएपछि यशकुमार ले दार्जिलिङमा हुन लागेको एक साँस्कृतिक सहभागिता नजानाउने भएका छन । त्यस्तै उनको निर्माणको तयारीमा रहेको फिल्म बाटोमुनिको फुलको पनि छयांकन पछाडी धकेलिएको छ ।
स्मरण रहोस यशकुमारको पिता भने केहि बर्ष पहिले नै दिवंगत भइसकेका छन ।

