असार पहिलो साता पोखरामा 'अर्को ओरालो' देखाइने ।

शुसन घिमिरे, पोखरा ।
[dropcap][/dropcap]सअघि नाटककार कृष्ण उदासीको निर्देशनमा पोखरा सगै काठमाण्डौँमा समेत ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ मञ्चन गरिसकेको यूथ क्रियशन थिएटर पोखराले मञ्चन गर्न लागेको नाटक ‘अर्को ओरालो’ असार पहिलो साता मञ्चन हुने भएको छ । Arko Oralo natakपोखरा उद्योग बाणिज्य संघको हलमा असार ५ गते देखी ७ गते सम्म नाटक मञ्चन हुने बताईएको छ । नाटकका लागी नागढुंगास्थित ‘बाजेको सेकुवा’को हलमा करिब तीन सातादेखि कलाकारहरु रिहर्सलमा व्यस्त रहेका छन् । नाटक मा कलाकार हरु रेम बिक, कपिल शर्मा, शर्मिला बस्नेत, उर्मिला कार्की र रोहन नेपालीले अभिनय गरिरहेका छन् । पोखरेली रंगमञ्चलाई व्यवसायिक बनाउनका लागि आफुहरु कस्सिएर लागेको नाटक का कलाकार रेम विकले बताए । नाटक अर्को ओरालो का निर्देशक पुरु लम्साल हुन् । निर्देशक लम्साल भन्छन्- ‘ पोखरेली ले एउटा फरक शैलि को नाटक को स्वाद लिन पाउने छन् ।’Oralo‘अन्तराष्ट्रिय रक्सी भट्टी’ का केहि कलाकारहरु ‘अर्को ओरालो’मा समेत दोहोरिएका छन् । यूथ क्रियशन थिएटर ले नाटककार कृष्ण उदासी कै दुईवटा कवितालाई समेत मञ्चन गरिसकेको छ साथै अभिनय कार्यशालाहरु चलाईरहेको छ । कपिल शर्मा अध्यक्ष रहेको यूथ क्रियशन थिएटरका  सचिव सौगात पोखरेलले नाटक मञ्चनको व्यवस्थापन हेर्नुभएको छ । पोखरेलले नाटक ‘अर्को ओरालो’बाट उठेको रकम थिएटर हल निर्माणमै खर्च हुने जानकारी दिएको छ ।

Namaste Filmy

Read Previous

गायक तथा नायक यशकुमारलाई मातृशोक ।

Read Next

भारतीय प्रहरीद्धरा नायक श्रीकृष्ण श्रेष्ठ गिरफ्तार । भिडियो ।