भारतीय प्रहरीद्धरा नायक श्रीकृष्ण श्रेष्ठ गिरफ्तार । भिडियो ।

[dropcap]ना[/dropcap]यक श्रीकृष्ण श्रेष्ठलाई भारतीय प्रहरीले गिरफ्तार गरेको भिडियो सार्वजनिक भएको छ । दृश्यमा श्रीकृष्णको साथै अर्का एक महिलालाई पनि प्रहरीले गिरफ्तार गरीरहेको देखिन्छ । kohinoor nepali movieतर यो दृश्य वास्तविकतामा नभई श्रीकृष्ण श्रेष्ठकै निर्माणमा तयार भएको फिल्म ‘कोहिनुर’को प्रोमोमा देखिएको हो । शुक्रबार मात्र गीत सार्वजनिक गरिएको फिल्मको शनिबार प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा नायिका स्वेता खडकालाई एक्सन लेडीको रुपमा देख्न सकिन्छ । अधिकांश भारतका दृश्यहरु देखाइएको प्रोमोमा श्रीकृष्ण र स्वेताको रोमान्स पनि समेटिएको छ ।
मुम्बईमा बेचिएकी चेलीको कथामा निर्माण गरिएको चलचित्र ‘कोहिनुर’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा श्रीकृष्ण श्रेष्ठ ,स्वेता खड्का, मिथिला शर्मा , सम्राट सापकोटा आदिको अभिनय रहेको छ । अधिकांश छयांकन भारतकै विभिन्न स्थानहरुमा गरिएको फिल्ममा राजु बिक्रम थापाको छायांकन ,बसन्त श्रेष्ठको नुत्य तथा बनिष शाहको सम्पादन रहेको छ । फिल्म अगामी साउन २३ गते अलनेपाल रिलिज हुनेछ ।

प्रोमो हेर्नुहोस:

Namaste Filmy

Read Previous

असार पहिलो साता पोखरामा 'अर्को ओरालो' देखाइने ।

Read Next

गोप्य रुपमा रोमान्स गर्दै आदित्य र श्रद्धा कपुर ।