गोप्य रुपमा रोमान्स गर्दै आदित्य र श्रद्धा कपुर ।

[dropcap]सु[/dropcap]परहिट लभस्टोरी फिल्म ‘आशिकी २’ बाट बलिउडमा इन्ट्री गरेका आदित्य राय कपुर र श्रद्धा कपुर गोप्य रुपमा रोमान्स गरिरहेको खुलासा भएको छ । पछिल्लो समय गुपचुप डेटिङ गरिरहेको भेटिएपछि यी दुईको सम्बन्धको बारेमा चर्चा चल्न थालेको हो । तर आफुहरुको प्रेम सम्बन्धको बारेमा अदित्य र श्रद्धा दुवैले नकार्दै आएका छन । aditya-roykapoor9यी दुईको कहानी फिल्म ‘आशिकी २’ बाटै सुरु भएको थियो । त्यसपछि भने यी दुईको बारेमा विभिन्न चर्चा चल्दै आइरहेको छ । पछिल्लो पटक केहि दिनअघि श्रद्धाको अपार्टमेन्टमा आदित्यले दिन बिताएपछि यीनीहरुको सम्बन्धबारेम नयाँ खुलासा भएको हो । बुधबार आदित्य आफ्नो बि एम डब्लु कार लिएर श्रद्धाको अपार्टमेन्ट बाहिर पुगेका थिए । बिहान १० बजेतिर त्यहाँ पुगेका उनी केहि बेर बाहिरै उभिए र भित्र गए, जहाँ श्रद्धा बस्ने गर्दथिन । उनी बिहान देखि साँझ सम्म श्रद्धाकै अपार्टमेन्टमा दिन बिताएको स्रोतको भनाई छ । यसरी श्रद्धा र सिद्धार्थ तातो सम्बन्धका रहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
बलिउडकै चर्चित कलाकार शक्ति कपुरकी छोरी श्रद्धा भने हाल रिलिजको तयारीमा रहेको फिल्म एक भिलेनको पब्लिसिटीमा ब्यस्त छिन । साथमा उनी नयाँ फिल्मको छयांकनमा समेत ब्यस्त छिन ।

Namaste Filmy

Read Previous

भारतीय प्रहरीद्धरा नायक श्रीकृष्ण श्रेष्ठ गिरफ्तार । भिडियो ।

Read Next

मिस नर्स चितवन २०१४ को अडिसन सम्पन्न (फोटो फिचर )