मिस नर्स चितवन २०१४ को अडिसन सम्पन्न (फोटो फिचर )

रबि अधिकारी,जेठ २ ४
चितवनका स्वास्थ्य क्षेत्रमा सुनौलो भविष्य निर्माण्ँ गर्नको लागी नसिङर्ग पेशामा आवद्ध भएकाहरु बिच हुन लागेको मिस नर्स चितवन २०१४ को अडिसन सम्पन्न भएको छ । पुर्वि चितवनको टाँडी स्थित हंश मनोरञ्जन केन्द्रमा भएको अडिसनमा फारम भरेका १०७ जनामा ५० जना सहभागिता रहेको थियो ।
DSC_0262
पूर्व मिस नेपाल मलिना जोशी र स्थानिय यूवा संचारउद्यमी राकेशमान श्रेष्ठले अडिसन मार्फत गु्रमिङ राउण्डको लागि बिस जना छनोट गरी तालिम क्षेमता अभिवृतलगायतका तालिम दिदै फाइनल राउण्डको लागि लगिने भएको छ । पूर्व मिस नेपाल मलिना जोशीले करिब तिन हप्ताको टेनिंग मार्फत छनौट भएका बिस जनालाई फाइनल राउन्डकोको लागि लगिने छ ।असारको अन्तिम सम्म फाइनल गराउने लक्ष्यको साथ छनौ भएका बिसजनालाई भोलि बाट नै विभिन्न खालको टेनिंगको साथै अन्य क्षेमता अभिवृतलगायतका तालिम दिने भएको छ ।
DSC_0268
स्वास्थ्य क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नसिर्ङ, विएन अध्ययनरत विद्यार्थीहरु तथा सेवारत नर्सहरुले कार्यक्रममा सहभागी भएका थिए । प्रतिभा प्रस्फुटन तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुराउने उदेश्यले आयोजना गरिएको मिस नर्स चितवनको आयोजना स्ट्रिङ मिडिया काठमाण्डौले गर्न लागेको हो । चितवन स्वास्थ्यको लागी उर्वर भुमि र यहां नसिर्ङ अध्ययन गर्नेहरुको जमात नै भएकोले आफुहरुले यो कार्यक्रम चितवनमा नै आयोजना गर्न लागिएको भन्दै विभिन्न कारण्ँले कार्यक्रम केहि समय ढिलो हुन गएको भन्दै अब भने कार्यक्रमलाई निरन्तरता दिईने वताईएको छ ।केहि समयको टेनिंग पछि मिस नर्स चितवन २०१४ हुने सम्पूर्ण प्रतियोगीहरु पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरिने छ ।
DSC_0381
मिस नर्स चितवन २०१४ कार्यक्रमका विजेताले स्कुटर ,म्युजिक भिडियोहरु, फिल्ममा अभिनयको साथै अन्य विभिन्न पुरुस्कार पाउने छन् । त्यस्तै फस्ट रनरअपले २५०००, म्युजिक भिडियोको साथै अन्य विभिन्न पुरुस्कार र सेकेन्ड रनरअपले १५००० नगद म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनुको साथै अन्य विभिन्न पुरुस्कार पाउने छन् । करिब एक महिना भित्त्रै फाईनल गरिने कायक्रम एनटिभी प्लस र स्थानीय अभास टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिनेछ ।
DSC_0306 DSC_0265

Namaste Filmy

Read Previous

गोप्य रुपमा रोमान्स गर्दै आदित्य र श्रद्धा कपुर ।

Read Next

'मिस नेपाल' हेर्न ओइरिए राजधानीका दर्शक ।