'मिस नेपाल' हेर्न ओइरिए राजधानीका दर्शक ।

[dropcap]शु[/dropcap]क्रबारबाट राजधानीको सिनेमा घरहरुमा लागेको फिल्म ‘मिस नेपाल’ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले उच्च कलेक्सन गरेको फिल्मको निर्मात्री शुभेच्छा थापाले बताइन । उनका अनुसार शनिबार पनि फिल्मले दर्शकको राम्रो साथ पाएको र उच्च कलेक्सन गर्न सफल भएको छ ।miss nepal miss nepal1 रिलिजसँगै फिल्म टोली ले राजधानीका विभिन्न हलहरुमा दर्शकसँग पुगेर फिल्मको प्रतिक्रिया बुझेका थिए । दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको र फिल्मले अझ राम्रो ब्यापार गर्नेमा अझै आशावादी रहेको निर्मात्री थापाले बताइन । राजधानीका प्राय सिनेमा घरहरु हाउसफुल भएको पनि उनको भनाई छ ।
यसरी फिल्मले उत्साहजनक कलेक्सन गरेपछि निर्मात्री थापा निकै दंग छिन । उनले बिग्रिएको नेपाली फिल्मको बजार पछिल्लो समय सुध्रिएको बताइन ।  एक साता अगाडी नै मोफसलमा रिलिज भएको फिल्मले मोफसलमा पनि राम्रो ब्यापार गर्न सफल भएको थियो । मोफसलको केहि शहरहरुमा अझैपनि फिल्म प्रदर्शन भइरहेको छ । फिल्मले राम्रो ब्यापार गरेपछि चिसीएको निर्मात्री थापा र बितरक करण श्रेष्ठबीच दुरी घटेको थियो । त्यस्तै नायिका क्षितिजा शाक्य पनि फिल्मको राम्रो ब्यापरपछि शुभेच्छासँग नजिकिएकी छिन ।
सुरेन्द्र तुलाधारको निर्देशन रहेको फिल्ममा निर्मात्री शुभेच्छा थापा, सबिन श्रेष्ठ, क्षितिजा शाक्य, कल्याण घिमिरे लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

मिस नर्स चितवन २०१४ को अडिसन सम्पन्न (फोटो फिचर )

Read Next

‘ खतरनाक’ ले हर्षिकाको खुट्टा भाचियो पछि निर्देशक तनावमा