‘ खतरनाक’ ले हर्षिकाको खुट्टा भाचियो पछि निर्देशक तनावमा

राजेन्द्र कार्की,हेटौडा
हिजो आज निकै नै ब्यस्त रहदै आइरहेकी र आशा लाग्दी नायिका हर्षिका श्रेष्ठको ‘ खतरनाक’ को सुटिंगको क्रममा दाहिने खुट्टा भाच्चिएको छ । एक हप्ता अघि देखि नै हेटौडामा सुटिंग चलिरहेको ‘ खतरनाक’ को निर्देशन ऋषि लामिछानेले गरिरहेका हुन् ।
khatarnak 1
हर्षिकाको खुट्टा भाचिए पछि उनलाई हेटौडाको एक अस्पतालमा प’र्याइउको थियो । एक्सन प्रधान चलचित्र ‘ खतरनाक’ मा नायिका हर्षिकाको आकर्षक र खतरनाक एक्सनका दृष्यहरु रहेको छ । एक्सन कै क्रममा उहाको दाहिने खुट्टाको गोली गाठोमा चोट लागेको हो । यस अघि पनि नायिका हर्षिकाको सोही स्थानमा चोट लागेको थियो । दोस्रो पटकको चोट का कारण भने उनलाई डाक्टरले एक महिनाको विश्रामका लागि भनेका छन् ।
khatarnak
करिब महिना दिनमा चलचित्रको सम्पूर्ण छायांकन कार्य समाप्त गर्ने धुनमा लागि परिरहेका निर्देशक लामिछानेलाई भने नायिका हर्षिको खुट्टा भाचियो पछि तनावमा परेका छन । चलचित्र ‘ खतरनाक’ मा विरेन्द्र डी.सी.” नायकको भूमिकामा देखिन्दै छन । विरेन्द्र डी.सी.अभिनित पहिलोचलचित्र बद्री भने रिलिजको क्रममा नै रहेको छ । चलचित्र ‘ खतरनाक’ को कथा, पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ भने संगीत चेतन सापकोट , दिपक शर्मा र टंक ढकालको रहेको छ ।

Namaste Filmy

Read Previous

'मिस नेपाल' हेर्न ओइरिए राजधानीका दर्शक ।

Read Next

पोखरामा चलचित्र "निशानी’को विशेष प्रर्दशनको तयारी