पोखरामा चलचित्र "निशानी’को विशेष प्रर्दशनको तयारी

सुसन घिमिरे ,पोखरा, २४ जेठ
पोखराको बाराही चलचित्र मन्दिरमा विशेष प्रदर्शन हुने नेपालीे चलचित्र “निशानी’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका छन् ।सिनाई कर्मसियल प्रालिकोव्यानरमा निर्मीत यस चलचित्रको विशेष प्रर्दशनबाट बचत भएको रकम बालकको शिक्षा, वृद्धको उपचार र कलाकारको सम्मानको लागि खर्च गरिने चलचित्रका नायक सुरज रानाभाटले बताए ।
nissani
आगामी भदौ महिनामा नियमित प्र्रर्दशनमा आउने चलचित्रको विशेष प्रर्दशन जेठ २९ गते विहान आठ बजे हुने भएकोले चलचित्र हेरेर प्रतिक्रिया दिई यात्रा अगाडि बढाउन मार्ग निर्देशन गर्न उनले पोखरेलीलाई आग्रह गरेका छन् । चलचित्रमा पोखरेली नायक रानाभाटका अलावा पोखरेली नायीका अनु गुरुङ्ग इन्डियन आइडल प्रशान्त तामाङ, शिरु विष्ट, विष्णु चेम्जोङ, प्रेम सुब्बा, कोपीला थापा, जयनन्द लामा लगायतको अभिनय रहेको छ।
nishani 2
विशेष प्रर्दशनको अवसरमा कलाकार, पत्रकार र सामाजिक व्यक्तित्वलाई सम्मानगरिने छ । कारगिलको युद्धमा ज्यान गुमाएका सैनिकको कथामा आधारीत यस चलचित्रमा उनले गाउँको दाउरेको भुमिका निभाएका छन् । भारतको सिक्कम,नेपालको इलाम, लम्जुङको घलेगाउँ लगायतका ठाउँमा छायाँकन गरिएको हो ।
 

Namaste Filmy

Read Previous

‘ खतरनाक’ ले हर्षिकाको खुट्टा भाचियो पछि निर्देशक तनावमा

Read Next

मोटाएपछि तनावमा गायिका ब्रिटनी स्पीयर्स ।