फिल्म 'वान वे' को टाइटल गीत रिलिज । भिडियो ।

[dropcap]रि[/dropcap]लिजको तयारीमा रहेको फिल्म ‘वान वे’ को टाइटल गीत रिलिज गरिएको छ । रविन एण्ड द न्यु रिभोलुसन ले तयार पारेको टाइटल गीतमा फिल्मका मुख्य कलाकारहरु फिचरीङ छन । गीतअनुसार प्रेम, रोमान्स र द्धन्द नै फिल्मको कथा रहेको बुझ्न सकिन्छ । One way nepali movieफिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन भने डनको रुपमा चिनिने दिपक मनाङे उर्फ राजीव गुरुङ ले  निर्माण गरेका हुन । त्यस्तै फिल्मको प्रस्तुतकर्ता भने निर्माता संघका अध्यक्ष राजकुमार राई हुन । फिल्मबाट दिपक मनाङेका छोरा सिद्धार्थ गुरुङले रजतपटमा हिरोको रुपमा डेब्यु गर्दैछन । सिद्धार्थको अतिरिक्त फिल्ममा माला सुब्बा, करिश्मा मानन्धर, रविन तामाङ, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ । फिल्मको रिलिज मिति भने तोकिएको छैन ।

गीत हेर्नुहोस:

Namaste Filmy

Read Previous

मोटाएपछि तनावमा गायिका ब्रिटनी स्पीयर्स ।

Read Next

मात लगाउने फिल्म 'लज्जा'को संगीत । सुन्नुहोस गीतहरु ।