मात लगाउने फिल्म 'लज्जा'को संगीत । सुन्नुहोस गीतहरु ।

[dropcap][/dropcap]विराज प्रोडक्सनको फिल्म लज्जाको गीतहरु अडियोमा सार्वजनिक गरिएको छ । फिल्ममा समावेश सबै चारवटा गीतहरु युटुबमार्फत  सार्वजनिक गरिएको हो । lazza-final1फिल्मको मात लाग्यो, मान्छे मलाई, के भयो भयो, तिमी गीत हौ कि बोलका गीतहरुको अडियो सार्वजनिक भएको हो । फिल्मको यी गीतहरुमा रामचन्द्र काफ्ले, माण्डवी त्रिपाठी, शिव परियार, राज सिग्देल, दिपक लिम्बु तथा जुनु रिजाल काफ्ले को स्वर रहेको छ । सम्पुर्ण गीतहरुमा चेतन सापकोटाको सँगीत रहेको छ ।
फिल्म लज्जालाई छविराज प्रोडक्सनको ब्यानरमा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन भने फिल्मको कार्यकारी निर्माता छविराज ओझा हुन । फिल्ममा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवला गौतम लगायतको अभिनय रहेको छ । यसअघि फिल्म लोफर निर्माण गरेको छविराज प्रोडक्सनको फिल्म लज्जा यसबर्षको प्रतिक्षित फिल्मको लिस्टमा परिसकेको छ । फिल्म आउदो तिहारको अवसरमा कार्तिक महिनामा रिलिज गरिनेछ ।

सुन्नुहोस गीतहरु :

Namaste Filmy

Read Previous

फिल्म 'वान वे' को टाइटल गीत रिलिज । भिडियो ।

Read Next

फस्टलुकमा यस्तो छ फिल्म 'ठुली' । पोस्टर रिलिज ।