फस्टलुकमा यस्तो छ फिल्म 'ठुली' । पोस्टर रिलिज ।

 

[dropcap][/dropcap]सबर्षकै सर्वाधिक चर्चामा रहेको फिल्म ‘ठुली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक एभरेस्ट सुर्य बोहोराले सामाजिक सञ्जालबाट  फिल्मको पोस्टर सार्वजनिक गरेका हुन । पोस्टरमा फिल्मका मुख्य पात्रहरु जीवन लुइटेल र गरिमा पन्तलाई देखाइएको छ । Thooli nepali movie1Thooli nepali movieएभरेष्ट कलायात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्मलाई एभरेस्ट सुर्य बोहोराले निर्देशन गरेका हुन । नारी प्रधान फिल्म ‘ठुली’ मा जीवन लुइटेल र गरिमा पन्तका अतिरिक्त कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहारी लगायतको अभिनय रहेको छ । चितवन काठमण्डौ लगायतको स्थानमा छयांकन गरिएको फिल्मको हाल विभिन्न प्राविधिक कामहरु भइरहेको छ । समाजमा विद्यमान विभिन्न कुरितिको विरुद्धको फिल्म ठुली निर्माण सुरु भएदेखि नै सबैले चासो दिएको फिल्म हो । यसकारण फिल्म बर्षकै प्रतिक्षित फिल्मको सुचीमा परिसकेको छ ।
यता सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट हिरोइन बनेर राष्ट्रपतिबाट सम्मान तथा बधाई पाएकी गरिमा र पछिल्लो केहि बर्ष सर्वत्र रुचाइएको हिरो जीवन लुइटेलको जोडीलाई दर्शकले रुचाउने मा फिल्मका निर्देशक सुर्य बोहोरा ढुक्क छन ।
यसअघि केहि दिनअघि मात्र फिल्मको टाइटल गीत रिलिज गरिएको थियो । उक्त गीत सार्वजनिक भएको तीन दिनमै लगभग तीस हजार दर्शकहरुले युटुबमा  हेरिसकेका छन ।
यसरी दिनानुदिन सर्वत्र चर्चा बटुलिरहेको ठुली आउदो अगस्ट २२ अर्थात भदौ ६ गते दर्शकमाझ आउनेछ ।

Namaste Filmy

Read Previous

मात लगाउने फिल्म 'लज्जा'को संगीत । सुन्नुहोस गीतहरु ।

Read Next

शरिर बिक्ने शहरको कथामा 'मिसन फोर ट्वान्टी' । भिडियो ।