अष्ट्रेलियामा महानायकले मनाए जन्मदिन । फोटो फिचर ।

[dropcap]के[/dropcap]हि साता अघि मात्र वैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमालले आफ्नो ५० औ जन्मदिन भव्यताका साथ मनाएका छन । आइतबार राती अष्ट्रेलियाको सिड्नीमा आयोजित एक भव्य समारोहका बीच हमालले बर्थडे केक काटेका थिए । Rajesh hamal birthday2सम्भवत हमालले पहिलोपटक यति भव्य समारोहका बीच बर्थ डे केक काटेका हुन ।
हमालको यो भब्य जन्मदिन समारोहलाई नेपाली टच इभेन्टले आयोजना गरेको हो । कार्यक्रममा गत सातादेखि हमालसँगै अष्ट्रेलिया टूरमा रहेका चर्चित गायक राजेश पायल राई र अन्जु पन्तले हमाललाई साथ दिएका थिए । त्यस्तै हमाललाई जन्मदिनको शुभकामना दिनका लागी अष्ट्रेलियामा रहेका हजारौ नेपालीहरुको पनि उपस्थिति थियो । Rajesh hamal birthday8गत साताबाट नै सुरु भएको यो सप्ताहब्यापी सेलेब्रेसन अझै अष्ट्रेलियाका विभिन्न शहरहरुमा पनि आयोजना हुनेछ । हमाल यसरी बर्थडे सेलेब्रेसनमा सहभागी हुन विवाह गरेको केहि दिनमा नै अष्ट्रेलिया उडेका थिए । नेपालमै रहेकी हमालकी पत्नी मधुले भने हमाललाई टेलिफोनबाटै जन्मदिनको शुभकामना दिएकी छिन । हमालले बर्थडे सेलेब्रेसनसँगै आफ्नो अभिनय यात्राको २५ बर्ष पनि पुरा गरेका छन ।
हाम्रा महानायकलाई नमस्तेफिल्मीको तर्फबाट पनि लाखौलाख शुभकामना ।

थप फोटोहरु:

Rajesh hamal1 Rajesh hamalRajesh hamal birthday3

Photo by: Rajesh Payal Rai & Bishnu Sharma

Namaste Filmy

Read Previous

शरिर बिक्ने शहरको कथामा 'मिसन फोर ट्वान्टी' । भिडियो ।

Read Next

'होलिडे'को कमाई तीन दिनमा ४२ करोड ।