'होलिडे'को कमाई तीन दिनमा ४२ करोड ।

[dropcap][/dropcap]त शुक्रबारबाट रिलिज भएको अक्षय कुमार स्टारर फिल्म ‘होलिडे’ ले बक्सअफिसमा धमाकेदार सुरुवात गरेको छ । फिल्मले  रिलिजको पहिलो विकेन्डमा लगभग ४२ करोडको कमाई गरेको छ ।holiday3रिलिजको पहिलो दिन शुक्रबार १२.१८ करोडको विजनेस गर्दै उत्कृष्ट सुरुवात गरेको फिल्मले शनिबार र आइतबार त्योभन्दा उच्च कलेक्सन गर्यो । बक्स अफिस रिपोर्टअनुसार फिल्मले शनिबार १२.३० र आइतबार १६.८० करोडको सुखद ब्यापार गरेको हो । यसरी फिल्मले रिलिज को फस्ट विकेन्डमा नै ४१.३२ करोडको कमाई गरेको हो । त्यस्तै सोमबार पनि फिल्मले उच्च कलेक्सन गरेको बताइएको छ । यहि अनुपातमा फिल्मले कमाई गर्ने हो भने केहि दिनमा नै सय करोड पार गर्ने फिल्म विश्लेषकहरुको भनाई छ । अक्षय कुमार अभिनित पछिल्लो केहि फिल्महरु लगातार फ्लप भइरहेको बेलामा फिल्म होलिडे ले भने यसरी उत्कृष्ट ब्यापार गरेको हो । यो अक्षयकुमारको लागी अत्यन्त सुखद खबर हो ।
फिल्मले नेपालका विभिन्न मल्टीप्लेस तथा सिंगल थियटरहरुमा पनि राम्रो कमाई गरेको बताइएको छ । रिलिजको पहिलो दिनमा नै नेपाली बजारबाट ६० लाखको कमाई आम्दानी गरेको बताइन्छ । यो नेपाली बजारमा सफल फिल्म धुम ३ पछिको सार्वधिक कलेक्सन हो ।
फिल्म ‘होलिडे’मा अक्षयकुमारको अलवा सोनाक्षी सिन्हाको पनि मुख्य भुमिका रहेको छ । फिल्मलाई सुपरहिट फिल्म गजिनीका निर्देशक ए आर मुरुगाडोसले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

अष्ट्रेलियामा महानायकले मनाए जन्मदिन । फोटो फिचर ।

Read Next

ओफा अवार्डमा 'नाइ नभन्नु ल २' को बर्चस्व । स्व. शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।