ओफा अवार्डमा 'नाइ नभन्नु ल २' को बर्चस्व । स्व. शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।

[dropcap]फि[/dropcap]ल्मसम्बन्धी समाचार सम्प्रेषण गर्दै आइरहेको अनलाइन पत्रिका फिल्मीखबर डटकमले आयोजना गरेको ओफा अवार्ड सम्पन्न भएको छ । सोमबार राजधानीमा एक समारोहका बीच ‘दोस्रो मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा)’ बितरण गरिएको हो । समारोहमा बाल प्रेमकथामा आधारित फिल्म ‘नाइ नभन्नु ल २’ले सर्वाधिक विधामा अवार्ड जितेको छ । ofa award 2071..2फिल्मले ‘पपुलर फिल्म’को अवार्ड सँगै निर्देशक विकास आचार्यले ‘पपुलर निर्देशक’, नायिका प्रियंका कार्कीले ‘पपुलर अभिनेत्री’, संगीतकार बसन्त सापकोटाले ‘पपुलर संगीतकार’, गीतकार डा. कृष्णहरि बरालले ‘पपुलर गीतकार’, छाँयाकार पुरुषोत्तम प्रधानले ‘पपुलर छाँयाकार’, गायक प्रेम परियारले ‘पपुलर गायक’ र कोरियोग्राफर कविराज गहतराजले ‘पपुलर नृत्य निर्देशक’ विधाको अवार्ड जितेका हुन । त्यस्तै अभिनेता दयाहाङ राई ‘पपुलर अभिनेता’ घोषित भए भने ‘पपुलर अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीले जितिन । गतबर्षकै सुपरहिट फिल्म ‘छ एकान छ’का लागि दीपकराज गिरी र जगदीश्वर थापाले ‘पपुलर स्क्रिप्ट’ को अवाडै उचाले भने गायिका मिलन अमात्यले ‘पपुलर गायिका’, द्वन्द्व निर्देशक रोशन श्रेष्ठले ‘पपुलर द्वन्द्व निर्देशक’ फिल्म सम्पादक विपिन मल्लले ‘पपुलर सम्पादक’ विधाको अवार्ड पाए । यसैगरी फिल्म ‘होस्टल’ बाट निर्देशक हेमराज बिसीले ‘पपुलर नवनिर्देशक’, नवनायक अनमोल केसीले ‘पपुलर नवअभिनेता’को अवार्ड जिते । त्यस्तै फिल्म ‘अन्तराल’बाट नायिका अशिष्मा नकर्मीले ‘पपुलर नवअभिनेत्री’ र फिल्म ‘बितेका पल’का लागि फेसन स्टाइलिष्ट निलिमा शर्माले ‘पपुलर फेसन डिजाइनर’को अवार्ड लिए । त्यस्तै ‘पपुलर एक्जिभीटर’ अवार्ड दमकको निलकण्ठ चलचित्र मन्दिरले पायो भने ‘पपुलर क्रिटिक्स अवार्ड’ फिल्म ‘मोक्ष’ले पायो।ofa award 2071..1समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड भने गत बाषर्् निधन भएको चर्चित निर्देशक स्व. शिव रेग्मीलाई मरणोपरनत प्रदान गरियो । कार्यक्रमको प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र मन्त्री रिजालले स्व. रेग्मीकी श्रीमति ज्ञानु रेग्मीलाई उक्त अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा विभिन्न कलाकारहरुले सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि दिएका थिए । ‘नाइ नभन्नु ल २’का कलाकारद्वय अनुभव रेग्मी र सुज्ञानी भट्टराई, नायक एशराज, नायिका वर्षा शिवाकोटी, गम्भीर विष्ट, गजित विष्ट र निष्मा घिमिरे, हाँस्यकलाकारद्वय सुरवीर पण्डित सिताराम कट्टेललेलगायतले कार्यक्रममा विभिन्न प्रस्तुति दिएको थिए ।ofa award 2071

Namaste Filmy

Read Previous

'होलिडे'को कमाई तीन दिनमा ४२ करोड ।

Read Next

हेर्न लायकको बनेको छ 'मिस नेपाल' । चलचित्र समिक्षा ।