हेर्न लायकको बनेको छ 'मिस नेपाल' । चलचित्र समिक्षा ।

 राजेन्द्र कार्की ।

miss-nepal-nepali-movie[dropcap][/dropcap]मय समयमा विवादमा रहँदै र निकै नै चर्चामा रहेको चलचित्र मिस नेपाल जेष्ठ १६ गते देखि उपत्यका बाहिरका सफलता पछि जेष्ठ २३ गते देखि राजधानीको विश्वज्योती लगायतको १४ चलचित्र गृहहरुमा प्रर्दशन भइरहेको छ । चलचित्रको शिर्षक “मिस नेपाल”ले सामान्यतया नेपालमा हुँदै आइरहेको सुन्दरी प्रतियोगिता र त्यसको उत्कृष्ट प्रतिस्पर्धीले प्राप्त गर्ने सम्मान भन्ने बुझिन्छ । चलचित्र मिस नेपालमा भने यस सम्मानका निमित्त एउटी सुन्दरी प्रारम्भ देखि अन्त्य सम्म लागि जसरी मन, वचन र कर्मले लागि पर्छिन, उनको सम्पुर्ण सपनाको क्षणभंगुर गरिदिएको छ । चलचित्रकी मुख्य पात्र शुभेच्छा थापा सानै उमेर देखि मिस नेपाल बन्ने चाहनामा लागि पर्दा पर्दै एउटा सामान्य फोटोग्राफरबाट नै यौनप्रताडनामा पर्छिन । यस संभावित दुर्घटनाबाट चलचित्रका अर्का शिर्ष पात्र सुरज सिंजापति (पासा) ले उनको बचाव गर्दछन । यसै आकस्मिक भेटघाट मार्फत उनीहरुमा अटुट साथीत्वको भावना विकास हुँदै जान्छ । शुभेच्छाको हरेक पाइलामा सुरजले आफ्नो साथीत्वको भूमिका निर्वाह गर्दै जान्छ । सुन्दरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको क्षणमा नायिका शुभेच्छालाई आयोजक संस्थाका पदाधिकारीहरुले मिस नेपाल बन्ने ग्यारेन्टी गर्दै दुइदिन आफुहरुसँग बाहिर बस्नु पर्ने प्रस्ताव राख्दछन । यस प्रस्तावलाई शुभेच्छाले मिस नेपालको सम्मान प्राप्त गर्ने लालसाले स्विकार गर्दछिन । यता आफ्नी आमा (रश्मि भट्ट)लाई भने शुभेच्छाको यस क्रियाकलाप पट्टकै मन परिरहेको हुँदैन । पटक पटकको आधा शरिर मात्र ढाकिने पहिरहन, केटा साथी सँगको सामिप्यता र हिमचिम साह्रै नै अस्रह्य भइरहेको हुन्छ । सिनएन हिरो अनुराधा कोइरालालाई इकिंत गर्दै भन्छिन “मैले छोरीलाई अनुराधा बनेको हेर्न चाहेको थिएँ, यस्तो आधा होइन” भन्ने वाक्यले शुभेच्छालाई ग्लानीका साथै पिंडा बोधको अनुभूति गर्न पुग्दछिन ।

यता मिस नेपालकी अर्की प्रतिस्पर्धि तथा नायिका क्षितिजा शाक्य भने कुनै लक्ष्य र उद्देश्य बिना नै आन, बान र सानका लागि मात्र ¥याम्पमा उत्रेकी छिन । धनी बाबुकी बिग्रेल छोरी रातो दिन लागुपदार्थको नशामा लट्ठी रहेकी हुन्छिन । मानौ कुनै मान मर्यादा र अनुशासन पालनाको उनलाई पर्वाह नै छैन । उनी आफ्ना साथीसँगतीहरुलाई समेत बारम्बार सिगरेट पिउन उक्सादैरहन्छिन । आफ्नै सहोदर दाज्युलाई समेत सिगरेट पिउन उत्प्रेरित गर्ने गतिछाडा हुन्छिन । यसरी दुइ नायिकाहरु एक लक्ष्य सहित र अर्को लक्ष्य विहिन रुपमा अगाडि बढ्दै ग्लामर्सको दुनियाँमा नै हराइरहेकी हुन्छिन । यसै क्रममा सुन्दरी क्षितिजाको दाजु कल्याण घिमिरे पनि म्यूजिक भिडियो ९चलचित्र०को निर्माण गर्दै ग्याल्मर्सको दुनियाँमा सफल बन्ने लहडीको रुपमा देखापर्दछन । उनको यो एकोहोरो लहडबाट उनको बाबु अन्सन्तुष्ट हुन्छन । दुनियाँले वाइयात भनिरहेको ग्याल्मर्सको दुनियाँमा नलाग्न झर्पान पुगेका बाबुलाई आफु यसै दुनियाँबाट सफल बनेर नै देखाउने प्रण गर्दछन कल्याण । अन्ततः कल्याण सफलताको बाटो तर्फ उन्मुख हुँदै जान्छ । यता आमाको शब्दवाण र छोरी प्रतिको तिरस्कारका कारण नायिका शुभेच्छाले एउटा कहिल्यै नअस्ताउने तारा बनेर चम्कने परिकल्पनाको बाटौ नै परिवर्तन गरिसकेकी हुन्छिन । सुन्दरी प्रतियोगिताको ताज पाउन आफ्नो अस्मिता नै गुमाउनुको उपउक्त विकल्पमा समाजसेवालाई रोजिसकेकी हुन्छिन । यो लक्ष्य प्राप्तिमा भने कल्याण घिमिरेले सहयोग पु¥याइ रहेका हुन्छन । अन्ततः उनको यो समाजसेवाको चर्चा संसारमा पुगिसकेको हुन्छ । र उनी सिनएन हिरो घोषित हुन्छिन । वोल्ड रेकर्डमा समेत समाजसेवाको क्षेत्रबाट उनको नाम दर्ता हुन पुुग्दछ । सबैको सम्मान योग्य नारी बन्न पुग्दछिन शुभेच्छा । उनले पाइरहेको बधाइको अवसरमा नै अपाहिज भइसकेका मिस नेपाल बन्ने सर्घषको क्रममा सहयोग पु¥याउने साथी सुरजलाई ह्इिलचियरमा ल्याइपु¥याउँछ । अब उसको जीवनको रेखदेखको लागि साटो फेरिएको छ, अब सुरजको देखभाल शुभेच्छाले गर्नु पर्दछ । सुखद र दुखद क्षणको संगममा चलचित्रको समाप्ति हुन्छ । नारी संघर्ष र संघर्षका विविध बाटाहरु समाजमा प्रसस्त विद्यमान रहेको देखाउन खोजिएको चलचित्रमा मिस नेपालको आयोजक संस्था भित्रको शोषण र गलतप्रवृतिहरुलाई समेत उजागर गरेको छ । आफ्नो अस्मिता गुमाएर मिस नेपालको ताज पहिरहनुमा एउटी किशोरीले गर्व गर्नु भन्दा फलको आशा नगरी आफ्नो कर्ममा लागि परिरहनुलाई चलचित्रमा उत्तम देखाइएको छ ।

शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको निमात्री नायिका शुभेच्छा थापा नै रहेकी छिन । उहाँ कै प्रारम्भिक कथा रहेकोमा पटकथा र संवाद भने नवल नेपालको रहेको छ । ज्ञानबद्धक संवादका कारण कथाकार नवल नेपालले चलचित्रलाई आकर्षण थपिदिएका छन भने नायिका क्षितिजाको प्रस्तुतीले चलचित्रलाई ओजनदार बनाउन सकेकी छिन । कल्याण घिमिरेद्धारा प्रस्तुत अभिनय प्रसंशा योग्य नै रहेको छ । मुख्यत चारवटा गीत समेटिएका चलचित्रका संगीतकार विकास चौधरी रहेका छन । उनले राम्रो मेहनत गरेका देखिन्छ । रचनाकार शंकर अधिकारी घायलले गीतमा सुन्दर शब्दहरुको चयन गर्न सफल रहेका छन भने गीतमा सान्र्दभिक भाव पनि पाइन्छ । चलचित्रमा शिवानी मोक्तान, राज पौडेल, सन्तोष लामा, मनिषा पोखरेल र शिव परिवारका सुमुधुर स्वरहरु घन्किएका छन । साइमन राजवंशी र केशव थपाको नृत्य निर्देशन रहेको चलचित्रमा छायाँकार दिब्य सुवेदी रहेका छन । सबै विषय वस्तुहरुको राम्रो संयोजन रहँदा रहँदै पनि दृष्य भित्रको परिदृष्यले भने सामान्य दर्शकहरुलाई भने ति दृष्यहरुले अलम्ल्याउन सक्दछ । समग्रमा नेपाली चलचित्रका पारखीहरुले भने हेर्न लायकको नै बनेको छ चलचित्र मिस नेपाल ।

Namaste Filmy

Read Previous

ओफा अवार्डमा 'नाइ नभन्नु ल २' को बर्चस्व । स्व. शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।

Read Next

‘मुखौटा’लाई एडल्ट सर्टिफिकेट’ १६ बर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने