बलिउड नायक इमरान खानलाई पुत्रीलाभ ।

[dropcap][/dropcap]लिउड नायक इमरान खानलाई पुत्रीलाभ भएको छ । इमरानकी पत्नी अवन्तिकाले सोमबार महानगरको एक अस्पातालमा छोरी जन्माएकि हुन । परिवारमा नयाँ सदस्य थपिएपछि अहिले घर परिवारमा खुशी छाएको छ । imran-avantika20 उनीहरुको परिवार निकट स्रोतका अनुसार इमरान र अवन्तिका दुवैको परिवार अत्यन्त हर्षित छन । यस नयाँ सदस्यको आगमनलाई लिएर दुवैको परिवार ब्यग्र प्रतिक्षामा रहेका थिए । हाल बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ ।
इमरान निकट एक ब्यक्तिका अनुसार पुत्रीलाभ भएपछि इमरान अत्यन्त खुशी छन । उनले केहि महिनाअघि देखि नै आफना सम्पुर्ण कामहरु छाडेर पत्निको रेखदेखमा समय दिएका थिए । अब इमरान पुन आफ्नो नियमित काममा लाग्ने बताइएको छ । उनले पत्नीको रेखदेखकै लागी भन्दै विभिन्न फिल्म तथा विज्ञापन का अफरहरु अस्वीकार गरेका थिए ।

Namaste Filmy

Read Previous

‘मुखौटा’लाई एडल्ट सर्टिफिकेट’ १६ बर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने

Read Next

चाँदनीको आँखामा आँशु देख्न चाहन्नन जीवन । भिडियो ।