चाँदनीको आँखामा आँशु देख्न चाहन्नन जीवन । भिडियो ।

[dropcap]दि[/dropcap]वाकर भट्टराईको निर्देशन रहेको चलचित्र ‘स्टुपिड मन’को गीत सार्वजनिक गरिएको छ । तिम्रो आखामा आसु हेरी हास्ने दिन नआओस बोलको गीतमा अर्जुन पोखरेलको शब्दर संगीत तथा स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर छ । जीवन लुईटेल र नव अभिनेत्री चाँदनी शर्मा फिचरीङ सो गीतलाई कविराज गहतराजले नुत्य निर्देशन गरेका हुन् ।Stupid man nepali movieविदेशी भुमिमा नै फिल्मको शतप्रतिशत छायांकन गरिएको चलचित्र ‘स्टुपिड मन’ मा थाइल्याण्डको विभिन्न मनोरम दृश्यहरु समाबेस गरिएको छ । नायक जीवनले आफुले अभिनय गरेको चलचित्रहरुमा अहिले सम्म उत्कृष्ट चलचित्र बनेको दाबी गरिएको चलचित्र   ‘स्टुपिड मन’ आउदो भदौ २० गते प्रदर्शनमा आउदै छ । नायक निरज बरालको प्रस्तुति रहेको फिल्म ‘स्टुपिड मन’लाई शुभ फिल्मस प्रा ली को ब्यानरमा विवेक शाही निर्माण गरेका हुन् । फिल्ममा जीवन लुईटेल, चाँदनी शर्मा, ऋतु श्रेष्ठ, मार्टिन खान सँगै प्रस्तुतकर्ता नायक निरज बरालको मुख्य भुमिका रहेको छ । माया प्रेमको कथालाई आकर्षक ढंगले समेटिएको फिल्मका संगीतहरुमा अर्जुन पोखरेलले भरेका हुन । त्यस्तै फिल्मका गीतहरु भने दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र किरण राज कार्कीले लेखेका छन । फिल्मलाई दिर्घ खनालले सम्पादन, संजय लामाले छायांकन गरेका हुन ।

भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

बलिउड नायक इमरान खानलाई पुत्रीलाभ ।

Read Next

नारायण खतिवडाले "मेरो मान्छे" बनाउदै