नारायण खतिवडाले "मेरो मान्छे" बनाउदै

‘भेटि” र ‘लफडा” निर्माण गरेका निर्माता नारायण खतिवडाले नया चलचित्र निर्माण गर्ने भएका छन् । यस अघिका  चलचित्रबाट तेती ब्यबसाहिक सफलता हात पर्न नसकेका निर्माता खतिवडाले आगोले पोलेको घाउ आगोमा नै सेकेर ठिक  बनाउनु पर्छ भन्दै पहिला आफुले केहि न जानी बुजी  चलचित्र निर्माणमा हात हालेकोले तेती  सफल हुन नसकेको बताए  ।

10412014_776284495735434_1283191731670166327_n

अब भने आफुले दुई वटा चलचित्र निर्माण गरि सकेकोले अहिले धेरै कुरा बुजेर फेरी चलचित्र निर्माण गर्न लागेको भन्दै निर्माता खतिवडाले अब एउटा राम्रो चलचित्र निर्माण गर्ने दाबी समेत गर्नुभयो ।एक वर्ष अघि नै निर्माण गर्ने विचार गरेको भए पनि बरु ढिलो बनाउने राम्रो चलचित्र बनाउने भएर चलचित्रको स्क्रिप्टमा नै बढी समय दिएर काम गर्ने भन्दै चलचित्र निर्माण गर्न हतार नगरेको  नमस्ते फिल्मसगको भेटमा निर्माता खतिवडाले जानकारी दिनुभयो ।नारायण खतिवडाले निर्माण गर्न लागेको नया चलचित्र “मेरो मान्छे”को गीत रेकडिङ  गरिएको छ ।

10457192_776284562402094_7112973911048268047_n

अर्जुन पोखरेलको संगीत रहेको चलचित्र  “मेरो मान्छे”को गीत भने दयाराम पाण्डेले लेखेका हुन् ।दिपक लिम्बु ,राज सिग्देल ,मान्ड़बी त्रिपाठी को स्वर रहेको छ ।चित्रसेन बाबा मेडिया को ब्यानरमा निर्माण हुने चलचित्र “मेरो मान्छे”को कथा राज संगमले लेखेका हुन् भने चलचित्रमा सगुन शाही नायिकाको रुपमा देखा पर्दैछिन् ।चलचित्रको निर्देशक समेत फाइनल हुन बाकी रहेको सो चलचित्रको सम्पूर्ण कलाकार सहित अन्य प्रबिधिहरु सग कुरा चलिरहेकोले असरको पहिलो हप्ता सम्म सबै फाइनल हुनुको साथै भाद्र पहिलो हप्ता बाट चलचित्र छायांकनको लागि फलोरमा जाने छ ।

Namaste Filmy

Read Previous

चाँदनीको आँखामा आँशु देख्न चाहन्नन जीवन । भिडियो ।

Read Next

निर्देशक श्याम भट्टराई सम्मानित