निर्देशक श्याम भट्टराई सम्मानित

राजेन्द्र कार्की
गत शनिवार कोटेश्वर लायन्स क्लब पर्लसिटी, काठमाण्डौंले एक कार्यक्रमको माझ कलाकर्मीहरुलाई सम्मान गरेको  थियो । कोटेश्वर सेती ओपी मार्ग स्थित एक सभाहलमा भएको कार्यक्रममा कलाकर्मीहरु २०७१ को सुपर स्टार नायक जीवन लुइटेल, सार्क स्तरिय सम्मानित नायिका गरिमा पन्त, गायक तथा नायक बाबु वोगटी, हास्य कलाकार विष्णु सापकोटा “हर्के हवदार” दयाराम पाण्डे, मालती शाह, विक्रम शाह, डिवी लामा र निर्देशक श्याम भट्टराइलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा चण्डिका फिल्म्स् मार्फत सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
shyam bhattrai
सम्मानित कलाकर्मीहरुमा अधिकांश पर्दामा देखिने कलाकर्मीहरु रहेता पनि श्याम भट्टराई भने पर्दा बाहिरका कलाकर्मी अर्थात निर्देशक पर्नु भएको छ । नेपाल निर्देशक समाजका निवर्तमान सचिव समेत रहीसक्नु भएका उहाँको पछिल्लो चलचित्र “हिम्मतवाली”को निर्देशनको क्रममा विवादमा तानिनु भएको थियो । जुन विवादले ठूलोरुप लिन जाँदा उहाँ लगायत अन्य पाँच पदाधिकारीहरुले निर्देशक समाजबाट राजिनामा समेत प्रस्तुत गर्नु भएको थियो । अन्ततः उहाँहरुको राजिनामा स्विकृत गर्दै समाजको पुर्न गठन समेत गरिएको थियो ।
निर्देशन कार्यबाट राम्रो प्रशंसा बटुल्न समेत सफल रहनु भएका निर्देशक भट्टराईले गहना, जानकी, दुइ थोपा आँशु लगायतका लोकप्रिय टेलिसिरियलहरुमा समेत आफ्नो क्षमता र कुशलता प्रस्तुत गर्नु भइसकेको छ । २०५३ साल देखि निरन्तर यसै क्षेत्रमा लागि पर्दै आइरहनु भएका निर्देशक भट्टराईले पछिल्लो समयमा ठूलो पर्दाका चलचित्रहरु मर्यादा, मौसम, लंका जस्ता चलचित्रहमा चुनौतीपुर्ण र प्रशंसायोग्य काम गर्नु भएको छ । पहिलो ठूलो पर्दाको चलचित्र मर्यादाको प्रशंसा योग्य निर्देशन कै कारण उहाँलाई यसै चलचित्रबाट डेब्यू निर्देशक २०६५ मार्फत नेफ्टा एवार्डद्धारा सम्मानित गरिएको थियो ।
अरुको देखासिकी र नक्कल गर्नु भन्दा मौलिक पहिचान दिन रुचाउने यी निर्देशक अहिले एक नयाँ चलचित्रको निर्देशनका लागि कलाकारहरु र स्पोट हन्टिङ्को क्रममा ब्यस्त रहनु हुन्छ । झुठा आश्वासन र प्रलोभनमा पर्नु भन्दा आफ्नो कामबाट जे जति सन्तुष्ट मिल्न सक्छ त्यसैलाई सुख ठान्दै आइरहनु भएका निर्देशक भट्टराईको नयाँ चलचित्रको सफल निर्देशन कार्यको लागि भने अहिलेलाई अग्रिम शुभकामना ।

Namaste Filmy

Read Previous

नारायण खतिवडाले "मेरो मान्छे" बनाउदै

Read Next

बलिउडकै सेक्सी हिरोइन भन्छिन: म सिंगल छु ।