दिपक र दिपा विश्वकप फुटबल खेल्दै । फोटो फिचर ।

[dropcap]बि[/dropcap]श्व फुटबलको महाकुम्भ बिश्वकप फुटबल बिहिबारदेखि सुरु हुदैछ । दक्षिण अमेरिकाको ब्रजिलमा सुरु हुन लागेको बिश्वकपले संसारको जुनसुकै कुनाको फुटबलप्रेमीलाई जगाइदिएको छ । यो माहोलबाट नेपालीहरु पनि अछुतो छैन । आ आफ्नो फेभरेट देशको जर्सी लगाउदै फुटबलको मज्जा लिने तयारीमा सम्पुर्ण फुटबलप्रेमीहरु छन ।tito satya football5यसैबीच नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हस्य टेलिश्रृङखला ‘तितो सत्य’का कलाकारहरु पनि विश्वकप खेल्दैछन । निर्देशक तथा कलाकार दिपकराज गिरी, कलाकारहरु दिपाश्री, निरौला, ज्योती काफ्ले, उत्तम केसी, राज आचार्य लागयतले विभिन्न देशको जर्सी लगाएर विश्वकप खेल्नेछन ।tito satya football3 उनीहरुले वास्तविक जीवनमा हैन, टेलिभिजनको पर्दामा फुटबल खेल्ने भएका हुन । निर्देशक दिपकराज गिरीका अनुसार माहोल नै फुटबलको भएकाले  ‘तितो सत्य’को अबको केहि श्रृङखला पनि फुटबलमय हुनेछ । ‘तितो सत्य’को अबको केहि भागहरुमा कलाकारहरु फरक फरक देशको जर्सी लगाएर फुटबल खेलेको देख्न पाइनेछ । कलाकार दिपाश्री निरौलाका अनुसार वास्तविक जीवनमा फुटबलको बिषयमा आ आफ्नो टीमलाई लिएर जस्तो रस्सा कस्सी हुन्छ, तितो सत्यमा त्यही देखाउन खोजिएको हो ।tito satya football2वास्तवमा तितो सत्यका टीममा पनि फरक फरक देशका समर्थक छन । दिपकराज गिरी अर्जेन्टिनाका फ्यान हुन भने दिपाश्री निरौला ब्रजिल प्रेमी हुन । त्यस्तै दिपक र दिपाका छोरा राज भने स्पेनका समर्थक हुन भने अन्य कलाकारहरुको पनि आ आफ्नै रोजाई छन ।
यसरी अहिलेका युवापुस्ताको बिश्वकपको क्रेजलाई नै तितो सत्यमा मनोरञ्जनको रुपमा हेर्न पाइनेछ । यहि कथा नै तितो सत्यकोे केहि भागको लागी आकर्षक पक्ष बन्नेछ । त्यसो त करिब ५ बर्ष पनि रवि डंगोल बेइमान पनि तितो सत्यमा री इन्ट्री हुदैछ । उनको प्रस्तुति पनि दर्शकका लागी खुराक बन्ने देखिन्छ ।
tito satya football1 tito satya football tito satya football4

Photo by: Arjun Kumar Sangraula(mazzakoonline)

Namaste Filmy

Read Previous

बलिउडकै सेक्सी हिरोइन भन्छिन: म सिंगल छु ।

Read Next

लभ र एक्सनको 'अखडा' । फिल्ममा धिरेनको कमब्याक ।