लभ र एक्सनको 'अखडा' । फिल्ममा धिरेनको कमब्याक ।

[dropcap][/dropcap]क ताका चक्लेटी अनुहार र सुकिलो गेटअपका कारण सबैले रुचाएको नायक धिरेन शाक्य एकाएक फिल्ममा देखिन छाडे । त्यसपछि म्युजिक  भिडियो तथा विज्ञापनमा फाटफुट देखिदै आइरहेका धिरेन  लामो समयपछि ठुलो पर्दामा देखिने भएका छन । इञ्जोय मुभिजको व्यानरमा आशिककुमार ठाकुरले निर्माण गर्न लागेको फिल्म ‘अखडा’मा धिरेन मुख्य भुमिकामा रहनेछन । एक्सन र लभस्टोरी दुवै समेटिने फिल्मको बारेमा मंगलबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी दिइएको थियो । Akhada nepali movieराजु महर्जन कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन विभु श्रेष्ठ र सुवास जिसीले संयुक्त रुपमा गर्न लागेका हुन् ।
फिल्ममा धिरेनको अलवा पप गायक योगेश्वर आमत्य पनि भिलेनको रुप्मा देखिनेछन । त्यस्तै नन्दिता केसी, श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारीलगायतको पनि फिल्ममा अभिनय ्हनेछ । दयाराम कार्की र निलकुमार श्रेष्ठ सह(निर्माता रहेको फिल्ममा सोनाम लामाको द्वन्द्व, सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को गीत, सुरेन्द्र भण्डारीको नृत्य, विभु श्रेष्ठको कथारसंवाद, सुवास जिसीको पटकथा र राहुल राईको छायांकन रहनेछ । भर्खर निर्माण सुरु गरिएको फिल्मको प्रदर्शन अगामी फुलपातीमा गर्ने योजना निर्माण युनिटले बनाइसकेका छन ।

Namaste Filmy

Read Previous

दिपक र दिपा विश्वकप फुटबल खेल्दै । फोटो फिचर ।

Read Next

टुङिगयो अजय र शाहरुखको दुश्मनी । रणवीर र कैटबीच झगडा ।