टुङिगयो अजय र शाहरुखको दुश्मनी । रणवीर र कैटबीच झगडा ।

Ajay devgan and Shaharukh khan[dropcap][/dropcap]लिउडमा राज गर्दै आएका दुई सफल हिरोहरु शाहरुख खान र अजय देवगणबीच सम्बन्ध चिसिएको त सबैलाई थाहा छ । तर अब यी दुई हिरोहरुकोे सम्बन्ध सुध्रिएको छ । यो सुधारको प्रयास स्वयम बादशाह खानले गरेका हुन । समाचारअनुसार शाहरुख मेहबुब स्टुडियो जाने क्रममा बाटोमा उनले रोहित शेट्टीका सहयोगी सुभाषलाई देखे । गाडी रोकेर सुभाषसँग कुरा गर्दा अजय देवगण र करिना कपुर बान्द्रास्थित एक स्कुलमा सिंघम २ को सुटिङ गरिरहेको थाहा पाए । त्यसपछि गाडी घुमाउदै शाहरुख सुटिङ स्थलमा पुगे र अजयलाई भेटे । यस्तो देखेपछि वरिपरिका मानिसहरु सबै छक्क परे । सबैले अब भने शाहरुख र अजयबीच मित्रता गाँसिएको अनुमान लगाए । शाहरुख र अजयको सम्बन्ध दुईबर्ष पहिले देखि पानी बराबर बनेको थियो । त्यसबेला अजयको सन अफ सरदार र शाहरुखको जब तक है जान एउटै डेटमा रिलिज भएकोले सम्बन्ध बिग्रिएको अनुमान लगाइएको थियो ।
यता चलचित्र ‘जग्गा जासुुस’को छायांकन स्थलमा नायक रणवीर कपुर उनकी प्रेमिका नायिका कट्रिना कैफविच झगडा भएको बताइएको छ । यसको कारण नायक ऋतिक रोशनलाई मानिएको छ । चलचित्रमा समावेश एक स्टन्ट दृश्यमा कट्रिनाले रणवीरको खिल्ली उडाएपछि झगडा सुरु भएको हो । रणवीरले गरेको एक स्टन्टलाई कैफले ऋतिकको नक्कल भनेपछि रणवीर एक्कासी रिसले आगो भएका थिए । कट्रिनाले रणवीरले गरेको स्टन्ट ऋतिक रोशनले पहिले नै गरिसकेको बताउँदै यसलाई नक्कल भनेकी थिइन् ।
पत्नी सुजैनसँग डिभोर्स पश्चात एक्लिएका ऋतिक पछिल्लो समय कैटरिना सँग नजिकिएको खबर आइरहेको छ ।

Namaste Filmy

Read Previous

लभ र एक्सनको 'अखडा' । फिल्ममा धिरेनको कमब्याक ।

Read Next

‘पुन्टे परेड’को प्रोमो सार्वजनिक…." बिहे हैन हामी त् मोज मात्रै गर्ने हो " (भिडियो )